काठमाडौं : नेपालीको महान पर्व विजया दशमी, दिपावली तथा छठ आँगनमा नै आइपुगेका छन्। बजारमा भाँडाकुँडा किन्ने देखि मरमसला, लत्ताकपडा किन्नेको चटारो छ। बजारमा सामानको मूल्य भने अकासिएको छ तर सरकारले महँगी अनुगमन र नियन्त्रणमा चासो दिएको छैन। यसअघिका वर्षमा स्थानीय सरकारले चाडबाडमा बजार अनुगमन गर्दै आएको थियो।यस पटक भने स्थानीय सरकारले समेत बजार अनुगमनमा चासो नदेखाउँदा कालो बजारी र बजार भाउ बढेको उपभोक्ता हितसम्बन्धी अधिकारकर्मीले बताउँदै आएका छन्।