स्थानीय तहले बजार अनुगमनमा चासो नदिँदा गैरकानुनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको छ । बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन सकेको छैन ।
अनुगमन नहुँदा निजी अस्पतालमा मौलाइरहेको मनपरी र बेथितिले बिरामी मार्कामा पर्ने गरेका छन्। पत्थरीको शल्यक्रिया गर्ने क्रममा किड्नी नै झिकेर बिरामीको ज्यान गएको घटनाले चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासन कैलालीले स्वीकृति बिना अवैध रुपमा संचालन भइरहेका २ नि...
अनुगमन नहुँदा निजी अस्पतालमा मौलाइरहेको मनपरी र बेथितिले बिरामी मार्कामा पर्ने गरेका छन्। पत्थरीको शल्यक्रिया गर्ने क्रममा किड्नी नै झिकेर बिरामीको ज्यान गएको घटनाले चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासन कैलालीले स्वीकृति बिना अवैध रुपमा संचालन भइरहेका २ नि...
रौतहट। रौतहटमा बजार अनुगमन नहुँदा दैनिक उपभोग्य खाद्यान्न सामग्रीको मूल्यवृृद्धि र कालोबजारी हुन थालेको छ । हरियो तरकारी, फलफूल, दूधजन्य पदार्थ, माछामासु लगायत दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि तथा कालोबजारी हुने गरेको हो । बजारमा कृत्रिम अभाव देखाउँदै कतिपय व्यापारी तथा व्यवसायीले चर्को मूल्यवृद्धि, मिसावट, कम तौल, म्याद नाघेको तथा सडेगलेका सामान विक्री गर्ने गरेको उपभोक्ता हित संरक्षण मञ्च, रौतहटका अध्यक्ष टीका घिमिरेले बताए । केही दिनअघि ‘मुनड्रप्स’ नामक पानीको बोतलमा दूषित पदार्थ भेटिएको उनले बताए । मुन बेभरेज इण्डष्ट्रिज प्रालि चन्द्रपुर–५ को उत्पादन रहेको पिउने पानीको बोतलमा हरियो लेउ तथा फोहोर लेदो भेटिएको उनको भनाइ छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले पानीमा दूषित पदार्थ भेटिएको जानकारी जिल्ला प्रशासन कार्यालयमा आएको बताए । उपभोग्य पदार्थ मिसावट र कम गुणस्तरको पाइए त्यसको नमूना परीक्षण गरी दोषी प्रमाणित भए कम्पनीमाथि कारबाही गरिने उनको भनाइ छ ।
बजारमा हरियो तरकारी तथा फलफूलमा मूल्यवृद्धि भएको छ भने मिष्ठान्न पसलमा हानिकारक रङ मिसावट गरी विक्री हुने गरेको मञ्चका अध्यक्ष घिमिरेको आरोप छ । ‘गतवर्ष गरिएको बजार अनुगमनका क्रममा मापदण्ड अनुसार चल्न सचेत गराइएको थियो तर, पछिल्लो समय बजार अनुगमन भएको छैन,’ उनले भने । संघीय संरचनासँगै बजार अनुगमनको दायित्व प्रदेश तथा पालिकालाई दिइएको छ, तर कार्यान्वयन नभएको उनको भनाइ छ । ‘पालिकामा बजार व्यवस्थापन, अनुगमन, नियमन र व्यवस्थापनको जिम्मा प्रदेश तथा पालिकाको हो । तर बजार अनुगमनमा सबै गैरजिम्मेवार देखिए,’ उनले भने ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख अभिनन्दन श्रीवास्तवका अनुसार अस्पतालमा अखाद्य वस्तु अर्थात फुड प्वाइजनका दैनिक २ देखि ३ जना बिरामी आउने गरेका छन् । चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरीले उपभोक्ताबाट खाद्यान्नमा मिसावट, दूषित पानी, बाख्राको मासु विक्री गरेको लगायत गुनासो आउने गरेको बताइन् । पालिकाले तत्काल अनुगमनको कार्ययोजना बनाउने उनको भनाइ छ ।
काठमाडौं, १ असार। एमाले निकट अनेरास्ववियुले सोमबार विज्ञप्ति जारी गर्दै देशभरका नीजि माध्यमिक विद्यालयले कक्षा ११मा भर्ना हुने विद्यार्थीहरुबाट मनपरी रुपमा चर्को शुल्क असुल गरिरहेको भन्ने गुनासोहरु आएकाले अनुगमन गर्ने जनाएको छ। यसैगरि नीजि शैक्षिक संस्थाले लिन पाउने अधिकतम शुल्कको सिमा तोक्न,कम्तिमा २०प्रतिशत विद्यार्थीहरुलाइ अनिवार्य छात्रवृत्तिको व्यबस्था गर्न माग गरेको छ। अन्यथा,बेथितीको विरुद्द निर्णायक आन्दोलनमा उत्रने चेतावनी अनेरास्ववियुले दिएको छ।
काठमाडौं, असोज ११ । काठमाडौं महानगरपालिकाले आजबाट चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । मंगलबार महानगरकी उपमेयर सुनिता डंगोलसहितको अनुगमन टोलीले मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, बागबजार, खसिबजार क्षेत्रमा अनुगमन गरेको हो । महानगरले बागबजार क्षेत्रका किराना, थापाथलीस्थित खाद्य सस्थान, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको थियो । चाडवाड नजिकिएसँगै बजारमा व्यापारीले मनपरी सामानको मूल्य […]
काठमाडौं, असोज ११ । काठमाडौं महानगरपालिकाले आजबाट चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । मंगलबार महानगरकी उपमेयर सुनिता डंगोलसहितको अनुगमन टोलीले मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, बागबजार, खसिबजार क्षेत्रमा अनुगमन गरेको हो । महानगरले बागबजार क्षेत्रका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको थियो । चाडवाड नजिकिएसँगै बजारमा व्यापारीले मनपरी सामानको मूल्य लिने, कम तौलका […]
इलाममा यातायात व्यवसायीहरूले मनपरी भाडा उठाउने गरेका छन् । तेलको मूल्य बढेको भन्दै जिल्लामा सञ्चालित सवारीहरूले यात्रुहरूबाट आफू खुसी भाडा उठाउने गरेका हुन् ।आफूखुसी भाडा लिइरहेका ब्यवसायीहरूमाथी कसैले औँला उठाउन नसक्दा यस्तो परिस्थिति आएको यात्रुहरूको गुनाशो छ । अनुगमन गर्ने निकायले समेत कानमा तेल हाले झैँ गरेर बस्दा जिल्लाका यातायात ब्यवसायीहरूबाट यात्रु लुटिने गरेका छन् […]
खाने तेलका उत्पादकहरुले तेलको मूल्य फेरि मनलाग्दी बढाएका छन् । एक महिनाअघि प्रतिलिटर ३५ रुपैयाँसम्म घटेको खानेतेल उद्योगीहरुले फेरि मनपरी मूल्य राखेर बजारमा पठाउन थालेका हुन् । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारवाही अघि बढाएको छैन ।पछिल्लो एकसाताको अवधिमा खानेतेलको मूल्यमा अस्वभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले मूल्यवृद्धिको विषयलाई आफूहरुले नियालिर
यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० असुलेको बताए । बढी भाडा लिने बा २ ख ६८०५ नम्बरको बसबार
१२ जेठ, बुटवल । कोरोना महामारीका कारण रुपन्देही र नवलपरासीमा निषेधाज्ञा जारी छ । सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् । तर यही मौकामा दुवै जिल्लाका नदी तथा खोलामा मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् भइरहेको छ । रुपन्देहीका तिनाउ, सुखौरा, रोहिणी तथा नवलपरासी पश्चिमका भूमही र तुरियालगायतका खोला तथा नदीमा चरम उत्खनन् भइरहेको […]