कोरला नाका जोड्ने सडक : निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियसभाका अध्यक्षको चासो

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चासो देखाएका छन् । चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ खण्डमा सडक निर्माणको अनुगमनमा सोमवार मुस्ताङ पुगेका अध्यक्ष तिमिल्सिनाले ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । अध्यक्ष तिमिल्सिना बेनी–जोमसोम खण्डमा भइरहेको सडक निर्माणको अवस्थाका बारेमा आयोजनाका अधिकारीसँग जानकारी लिएर कोरला नाकातर्फ प्रस्थान गरेका छन् । विसं २०७३ देखि सुरु भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ११ मध्ये ६ ओटा प्याकेजमात्र निर्माण सकिएको छ । आयोजनाका अधिकारीहरूले जोमसोम–कागबेनी सडक कालोपत्र हुन लागेको, बेनी–जोमसोम सडकको तेस्रो प्याकेज कैकुखोला–खन्ती खण्ड कालोपत्र अन्तिम चरणमा रहेको र तीनओटा प्याकेजको काम भइरहेको जानकारी गराए । पच्चीस किलोमिटर दूरीको चराङ–छोसेर खण्डको सडक निर्माणमा भएको ढिलाइ भएको छ ।       सडक तयार भएसँगै कोरला नाका सञ्चालन गर्ने तयारीसहित पूर्वाधार निर्माण सुरु गरिने अध्यक्ष तिमिल्सिनाले बताए । जोमसोममा पत्रकारसँग कुराकानी गर्दै उहाँले कोरला नाकामा भन्सार, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र सुरक्षा चेक पोष्टलगायत पूर्वाधार निर्माणका लागि चालु वर्षभित्रै वातावरण अध्ययन प्रतिवेदन (इआइए) र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम पूरा हुने जानकारी दिए । रासस

सम्बन्धित सामग्री

सडक निर्माणमा भ्रष्टाचार गर्ने दुई इञ्जिनियरलाई सजाय

विशेष अदालतले सडक निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै दुईजना इञ्जिनियरलाई सजाय सुनाएको छ । एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेकोमा दुईजनामाथि कसुर कायम भएको...

हुलाकी सडक निर्माणमा ढिलासुस्ती

मोरङका सांसद र स्थानीय तहका प्रमुखहरूले गरे सडक संघर्षको घोषणा हुलाकी सडक निर्माणमा हदैसम्म ढिलासुस्ती भएको भन्दै मोरङको दक्षिणी क्षेत्रका संघ र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुखहरूले सडक संघर्ष घोषणा...

जुम्लालाई तीन जिल्ला जोड्ने सडक निर्माणमा ढिलाइ

जुम्लासहित चार जिल्ला जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको छ । विगत सात महिनायता निर्माण व्यवसायीले म्याद थपको माग गर्दै काम नगरेपछि (जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ) चार जिल्ला जोड्ने सडक निर्माणमा ढिलाइ भएको हो । उक्त सडक चारवटा निर्माण सेवामार्फत् विभिन्न प्याकेजमा काम हुँदै आएको थियो । गत असोज १९ देखि २५ गतेसम्म भएको अविरल वर्षापछि आएको बाढी पहिरोले […]

नारायणगढ–मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ

काठमाण्डाै - घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जाँच र मूल्याङ्कनको काम गरेर ...

दार्चुला–टिङ्कर सडक निर्माणमा सेनाको अग्रसरता

नेपाली सेनाले जिम्मा लिएको दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन ढुवानी सुरु गरेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत मेसिनहरु ओसार्ने काम गरिरहेको हो । सडक नभएपछि हेलिकोप्टरले सडक निर्माणमा प्रयोग हुने मेसिनहरु स्काईभेटर, ब्याकोलोडर, कम्प्रेसरका पार्टहरु ढुवानी गर्दैछ । मेसिनका स–साना पार्टहरु भित्र राखेर ओसारी रहेको छ भने ठूला पार्टहरु झुण्ड्याएर सरिरहेको छ । …

सडक निर्माणमा ढिलाइ गरेपछि स्थानीय आन्दोलित

ठेक्का लागेको दुई वर्षसम्म पनि सडक निर्माणमा प्रगति हुन नसकेपछि झापाको कनकाईस्थित सुरुंगा र झापा गाउँपालिका जोड्ने अमरपथ सडकका उपभोक्ता आन्दोलित बनेका छन् । स्थानीयले सडकमा ढाट लगाएर सडक अवरुद्ध गरेका...

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।...

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको छ।...

सडक निर्माणमा स्थानीय जनप्रतिनिधिकोे अवरोध

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–रसुवागढी सडकखण्डको बेत्रावती–नयाँपुल खण्डको सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेका छन् । मुआब्जाको कारण देखाउँदै उत्तरगया गाउँपालिका ५ का वडाध्यक्ष ईश्वर थापा तथा उनका परिवारले अवरोध गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी...