काठमाडौं : फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमले विश्वकप फुटबल २०२२ को छनौट चरणको खेलमा सहज जित निकालेको छ।युरोपेली क्षेत्रको छनोट चरण अन्तर्गत बुधबार राति भएको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा बेल्जिमयका लागि २२ औँ मिनेटमा केविन डी ब्रूयना, २८ औँ मिनेटमा थोर्गन हजार्ड र ७३ औँ मिनेटमा पाएको पेनाल्टीमा रामेलु लुकाकुले गोल गरे।वेल्सका लागि १० औँ मिनेटमा ह्यारी विल्सनले गोल गरि सुरुवाति अग्रता दिलाएका थिए। विल्सनको