फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।
काजकिस्तानको मैदानमा खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो ।
यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यस जितसँगै समूह 'डी' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थ...