नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समानुपातिक उम्मेदवारको छनोटको मुख्य एजेण्डा छ । चुनावी समीक्षाका लागि केही दिनपछि केन्द्रीय समिति बैठक बस्ने उनको भनाइ छ । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ र सातै प्रदेश गरी प्रदेशसभा समानुपातिकतर्फ ६४ सिट पाएको छ