पश्चिम चितवनमा कृषि पर्यटनको सम्भावना बढ्दै

चितवन । पश्चिम चितवनमा व्यावसायिक कृषि विस्तार भएसँगै कृषि पर्यटनको सम्भावना समेत बढ्दै गएको छ । यस क्षेत्रमा ड्रागन फ्रुट खेती, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको सम्भावना बढाएको हो । हाल भरतपुर महानगरपालिका–२४ जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारीखेती गर्दै आएको केरुंगा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यको रूपमा विकास भइरहेको छ । सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका लागि उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र बनेको छ । फार्ममा ग्रीन हाउस, थोपा सिँचाइ, कार्य व्यवस्थापन भवन तथा तालीम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानको व्यवस्था गरिएको छ । ६२ बिघा जग्गामा लगाइएको तरकारीखेतीले अहिले फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गएको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त फार्मलाई कृषि पर्यटकीय गन्तव्यको रूपमा घोषणा गर्न सकिने उनको भनाइ छ । आफूहरू अहिले पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माणमा जुटिरहेको मल्लले बताए । १० कठ्ठा जमीनमा निर्माण गरिएको होमस्टेसँगै पर्यटकलाई खेतीबारे समष्टि जानकारी दिन व्यवस्थित सभाहल निर्माण भइसकेको उनको भनाइ छ । ९६ जना स्थानीय किसान उक्त फार्ममा आबद्ध छन् । यसैगरी भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरुङ र उनका भाइ ताइबहादुर गुरुङले ड्रागन फ्रुट खेती थालेका छन् । गुरुङ दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा ड्रागन पु्रmटको खेती र यसको नर्सरी सञ्चालन गरेका छन्, जसकारण उनीहरूको फार्म आन्तरिक पर्यटकमाझ परिचित बन्दै गएको छ । २०६० सालदेखि भरतपुर–२५ शुक्रनगरमा १८ बिघा जग्गामा तरकारीखेती गरेका ५४ वर्षीय गणेशप्रसाद भुसाल बहुवर्षीय फलफूलखेती अन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने योजनामा छन् । भविष्यमा यो क्षेत्र कृषि पर्यटनको हब हुने उनको विश्वास छ । भरतपुर–२५ अमृतनगरका कृष्णप्रसाद न्यौपानेले २०७१ सालदेखि ‘नोबेल एग्रिकल्चर फार्म’ दर्ता गरेर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । साथै डेढ वर्षअघि बायोफ्लक्स प्रविधिमा माछापालन शुरू गरेका छन् । ३५ बिघा क्षेत्रफल रहेका चारओटा पोखरीमा उनले माछापालन गरेका हुन् । सो प्रविधिबाट माछापालन गरिएको उनको फार्म कृषि पर्यटनको  गन्तव्य बन्दै गएको छ । भरतपुर–२५ अमृतनगर जनज्योति टोलका १९ जना युवा सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारीखेतीलाई निरन्तरता दिन उनीहरू ‘युवा आधुनिक कृषि सामूहिक खेती’ समूह गठन गरेर कृषिमा लागेका हुन् । ८० बिघा जमिनमा उनीहरूले सामूहिक खेती थालेका छन् । पश्चिम चितवनका कृषकले माछापालन व्यवसायबाट मनग्गे आम्दानी गर्न थालेका छन् । भरतपुर–२० शारदानगरमा मात्रै ८५ बिगाहा क्षेत्रफलमा माछापालन गरिएको छ । २०४२ देखि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएकोे शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । यो समूह चितवनकै पुरानो र पहिलो माछापालक समूह रहेको उनको दाबी छ । चितवन मौरीपालन व्यवसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६ भूपालनाथ कँडेलले २०५५ सालदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पश्चिम चितवनका शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायत क्षेत्र तरकारीखेतीको पकेट क्षेत्रका रूपमा समेत परिचित छन् ।

सम्बन्धित सामग्री

चितवनलाई कृषि र पर्यटनको हब बनाउनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । शुक्रवार चितवनको भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

चितवनमा पर्यटनको प्रचुर सम्भावना छ : ओली

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन्।शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए। उनले चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको हब बनउनुपर्ने बताए। उनले कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा पनि भरतपुर महानगरले पहल गर्नुपर्ने बताए। उनले आफूले कोशी, नारायणी, कर्णालीलगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंग

जोडिने भयो त्रिवि क्रिकेट मैदानमा बत्ती

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बत्ती जडान गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । यससँगै नेपालको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक रात्रिकालीन खेल गर्न सक्ने वातावरण बन्ने भएको हो । त्रिवि क्रिकेट मैदानमा गत असोजमा सम्पन्न भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीचको खेल सुपर ओभरमा पुगेको थियो । उक्त ओभरको खेल पूरा गर्न राति भएपछि उज्यालोको कमीले खेल बराबरीमा टुंग्याएर अंक बाँड्नुपरेको थियो । आइतवार संसद्मा प्रस्तुत बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त मैदानमा बत्ती जडान गरिने घोषणा गरेका हुन् । त्यस्तै काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट मैदानको निर्माण एक वर्षभित्र सक्ने लक्ष्य सरकारले लिएको छ ।  साथै, चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट मैदान निर्माणको काम प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा पूरा गरिने घोषणा गरिएको छ । सरकारले ‘एक स्थानीय तह : एक खेलग्राम’ कार्यक्रमलाई निरन्तरता दिएको छ । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ । त्यस्तै धनगढीको फाप्लामा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ । खेल पूर्वाधार निर्माण गर्न सरकारले आगामी आर्थिक वर्षका लागि ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम विनियोजन गरिएको मन्त्री शर्माले घोषणा गरे । त्यस्तै दशौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार तयार गरिने भएको छ । खेलकुद पर्यटनको प्रवर्द्धन गर्न सार्वजनिक निजी साझेदारीमा साहसिक खेल पूर्वाधार बनाइने सरकारले घोषणा गरेको छ । सरकारले युवाको क्षेत्रमा आगामी आर्थिक वर्षका लागि केही पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । युवालाई उत्पादनमूलक उद्यममा आकर्षण गर्न तालीम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम चालू आवकै निरन्तरता हो । उक्त कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सरकारी नीति छ । उक्त कार्यक्रम चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा पनि उल्लेख छ । त्यस्तै युवाको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यावसायिक स्वरोजगार कोषमार्फत थप १२ हजार युवालाई स्वरोजगार बनाउने सरकारी कार्यक्रम छ । सरकारले स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा बिजनेश इन्क्युबेशन सेन्टरमार्फत १० हजार युवालाई उद्यमशीलता तालीम दिने घोषणा गरेको छ । हालै सम्पन्न स्थानीय तहको चुनावमा म्यादी प्रहरीको रूपमा खटिएका युवालाई लक्षित कार्यक्रम पनि सरकारले अघि सारेको छ । ‘म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवाहरूलाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ,’ बजेट वक्तव्यमा उल्लेख छ । म्यादी प्रहरी भएर खटिएका युवाको रुचिको आधारमा तालीम दिएर कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइने अर्थमन्त्री शर्माले बताए । त्यस्तै सञ्चित सुरक्षा बलको रूपमा पनि म्यादी प्रहरीलाई उपयोग गर्न सकिने समेत सरकारले घोषणा गरेको छ । त्यस्तै निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गरिने सरकारले घोषणा गरेको छ । विदेशी क्लबहरूलाई नेपालमा फ्रेञ्चाइज लिग आयोजना गर्न अनुकूल वातावरण बनाउने सरकारले बताएको छ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि समग्रमा २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चितवनमा रत्ननगर महोत्सव हुँदै

चितवन (अस) । चितवनको रत्ननगरमा ११ औं संस्करणको रत्ननगर महोत्सव हुने भएको छ । महोत्सव पुस २७ देखि माघ ८ गतेसम्म हुने भएको हो । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्नगरको टिकौलीचौरमा महोत्सव हुनेछ । उद्योग वाणिज्य संघ रत्ननगरले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । रत्ननगर उवासंघ अध्यक्ष अनिल श्रेष्ठले उद्योग, व्यापार, कृषि, पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको जानकारी दिए । उनका अनुसार महोत्सवमा स्थानीय कला–संस्कृतिसहितका गरी करिब ३५० स्टल रहनेछन् ।  महोत्सव करिब ३ लाखले अवलोकन गर्ने र १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको मूल आयोजक समिति संयोजकसमेत रहेका  श्रेष्ठले बताए । महोत्सवमा स्थानीय खाना परिकार तथा पोल्ट्री प्रवद्र्धन गर्न पुसा २९ देखि माघ ३ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एन्ड एग फुड फेस्टिबल गरिने श्रेष्ठले जानकारी दिए ।  त्यस्तै, महोत्सवमा पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गरिनेछ । महोत्सवमा पर्यटन प्रचार–प्रसार गर्न चितवनका प्रमुख पर्यटकीय गन्तव्य समेटेर सूचना केन्द्रको व्यवस्था गरिएको छ ।

राजनीतिक गतिविधि बढेसँगै चितवनका पर्यटन व्यवसायी उत्साहित

कात्तिक २६, चितवन । चितवनमा हिजोआज राजनीतिक गतिविधि बढ्दै गएको छ । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ता आउने जानेक्रम बढ्दै गएको छ ।  नेपाली काँग्रेसको जिल्ला अधिवेशन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन र मंसिर १० गतेबाट शुरु हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन चितवनमानै हुन लागेकोले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।   कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरु उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलहरुमा पाहुनाहरुको बाक्लो उपस्थिति देखिदै आएको छ । कतिपय होटलहरुमा महाधिवेशन लक्षित कोठाहरु बुकिङ, सोधपुछ हुने गरेको व्यवसायीहरु बताउँछन् ।  जंगल सफारी लजका सञ्चालक एवम् क्षेत्रीय होटल संघ, सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्, उनले भने, एमालेको महाधिवेशनले त हामी थप उत्साहित भएका छौं ।’ महाधिवेशन तयारीसँगै चितवनमा पार्टीका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता दिनहुँ बढ्दै गएको उनले बताए ।  ‘कोरोना कहरपछि हाम्रो लागि यो ठूलो अवसर हो, हामी महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यस्थित र सेवा दिन सक्छौ भन्ने विषयमा छलफलमा छौं’ । चितवनमा हुने यस्ता गतिविधिले समग्र चितवन र नेपालको लागि प्रचारप्रसार सकारात्मक सन्देश जाने उनको भनाइ छ ।  क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले गर्दा पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँछन् । ‘चितवनको पर्यटनको लागि अवसर र चुनौति दुवै छ, उनले भने, एक त हामीले देशभर निशुल्क रुपमा पर्यटन प्रवर्द्धन गर्न पाउनेछौं, अर्कोकुरा हामीले अतिथिहरुलाई दिने सेवामा कत्ति सन्तुष्ट पार्छौं भन्ने हो ।’     पर्यटन क्षेत्र मात्र होइन, यहाँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि सानासाना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्ने  भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, अन्य पर्यटनसम्बन्धी संस्था र स्थानीयसँग छलफल भइरहेको उनले बताए ।  ‘झण्डै १० वर्ष पछि चितवनको पर्यटनको लागि ऐतिहासिक अवसर जुटेको छ । यसले हामीलाई उर्जाशील र उत्साहित बनाएको छ ।’ भट्टराईले भने । उनका अनुसार ती अतिथिहरुलाई लक्षित गरी छूटका प्याकेज, स्वागत, सजावटका काम शुरु गर्न लागिएको छ ।  सौराहामा महाधिवेशन मतदान प्रक्रिया र बन्द शत्र भएपनि नारायणगढका साना तथा होटलहरुपनि सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशनको उद्धघाटन हुने एमालेको पूर्व निर्धारित कार्यक्रम रहेको छ । जसका कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय क्षेत्र पटिहानी, मेघौली लगायतका क्षेत्रहरु पनि चलायमान हुने व्यवसायीको आशा छ ।  होटल व्यवसायी महासंघ,नेपालका वरिष्ठ उपाध्यक्ष एवम् होटल गंगोत्रीका प्रबन्ध निर्देशक दिनेश कुमार चुके कोरोनाले धराशायी भएको पर्यटन व्यवसायले यस्ता राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउँछन् । ‘अहिलेदेखिनै मेरो टांँडीको गंगोत्री हाइवे होटलको बुकिङ भइसकेको छ, उनले भने, नारायणगढको होटलमा पनि नेता तथा कार्यकर्ता आउने जाने क्रम छ ।’  जिल्लामा एकैपटक यति ठूलो संख्यामा देशभरबाट अतिथि पाहुना आउने भएकोले उनीहरुलाई पर्यटकीय प्याकेज बनाएर लैजानुपर्ने उनको तर्क छ । ‘चितवनमा ४० ओटा पर्यटकीय गन्तव्य छन् । यसको प्रवर्द्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ ।’ उनले भने   यसका लागि हरेक क्षेत्रका पर्यटन व्यवसायी, स्थानीय सरकारसँगको सहकार्य र समन्वय हुनुपर्ने चुकेले बताए ।  चितवनमा आगामी १० गतेदेखि नेकपा एमालेको महाधिवेशन शुरु भएदेखि व्यवस्थापनको लागि अलग्गै समिति उपसमिति बनाएर आ आफ्नो जिम्मेवारी अनुसार काम शुरु गरिएको छ । यसका लागि शिर्षस्थ नेताहरुसँग छलफल, व्यवस्थापन बारे छलफल भईरहेको छ ।   देशका सातै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि पालिका प्रमुख र अन्य देश विदेशबाट आउने अतिथि हरुलाई व्यवस्थापन गर्न नेकपा एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डे महाधिवेशनको तयारी र व्यवस्थापनका लागि जुटिरहेको बताउँछन् । ‘अहिले खाने बस्ने व्यवस्थापनको लागि होटल व्यवसायीहरुसँग छलफल भईरहेको छ । उनले भने, हामीले प्रत्येक प्रदेशबाट आउने अतिथिहरुलाई सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौं ।’ नेकपा एमाले महाधिवेशनको लागि ५ लाखको हाराहारीमा अतिथिहरु आउने जानकारी दिँदै उनले यो एउटा पार्टी विशेषको लागि मात्र फाईदा नभई समग्र चितवनलाई चिनाउन र चितवनबासीलाई फाईदा पुग्ने बताए ।

पश्चिम चितवनमा कृषि पर्यटनको सम्भावना बढ्दै

असोज १२, चितवन । पश्चिम चितवनमा विस्तारित व्यावसायिक कृषिसँगै कृषि पर्यटनको सम्भावना बढ्दै गएको छ ।  यहाँ ड्रागन फ्रुट, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको प्रशस्त सम्भावना बढ्दै गएको हो । हाल भरतपुर महानगरपालिका वडा नम्बर २४, जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती गर्दै आएको केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यका रुपमा विकास भइरहेको छ ।  सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र समेत बनेको छ । फार्मको ग्रीन हाउस, थोपा सिँचाइ, कार्यव्यवस्थापन भवन तथा तालिम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानसहित ६२ बिघा जग्गामा लगाइएको तरकारी खेतीले अहिले केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गरेको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त खेतीलाई कृषि पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्नु पर्नेमा उनले  जोड दिए  । पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माण कार्यमा जुटिरहेको बताउँदै मल्लले १० कट्ठा जमिनमा निर्माण गरिएका होमस्टेसँगै पर्यटकलाई खेतीबारे एकमुष्ट जानकारी दिन व्यवस्थित सभाहल निर्माण भइसकेको बताए । ९६ जना स्थानीय किसानहरु उक्त फार्ममा आबद्ध छन् । यस्तै, भरतपुर महानगरपालिका–२६, दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ मेजर ताइबहादुर गुरूङको फार्ममा अहिले ड्रागन फ्रुट फुल्न शुरु गरेका छन् । दुई दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा ड्रागन र नर्सरीको खेती गरिरहेका हुन् । जसका कारण बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित बन्दै गइरहेको छ यो फार्म । २०६० सालदेखि पश्चिम चितवनको भरतपुर–२५, शुक्रनगरमा १८ बिघा जग्गामा तरकारी खेती गरेका ५४ वर्षीय गणेशप्रसाद भूषाल बहुवर्षीय फलफूल खेतीअन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने योजनामा छन् । भविष्यमा यो क्षेत्र कृषि पर्यटनको हब हुने उनको विश्वास छ ।  भरतपुर–२५, अमृतनगरका कृष्णप्रसाद न्यौपानेले २०७१ सालदेखि नोबेल एग्रिकल्चर फार्मको नाममा दर्ता गरेर व्यावसायिक तरकारी खेती शुरु गर्दै आएका छन् । उनको माछापालन पोखरी अहिले ३५ बिघा क्षेत्रफलमा विस्तार भइरहेको  छ ।  माछापालनमा राम्रो सम्भावना देखेर डेढ वर्षअगाडि वायोफ्लक्स प्रविधि अपनाएर माछापालन शुरु गरेको न्यौपानेले बताए । ४ ओटा पोखरीमा पानी भरेर माछापालन गरेका उनको वायोफ्लक्स प्रविधि पर्यटकहरुका उत्कृष्ट गन्तव्य बन्दै गएको उनको भनाइ छ । भरतपुर– २५ अमृतनगर, जनज्योति टोलका १९ जना उत्साही युवाहरु सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारी खेतीलाई निरन्तरता दिन ‘युवा आधुनिक कृषि सामूहिक खेती ’ समूह गठन गरेर ८० बिघा जमिनलाई चक्लाबन्दी गर्दै नयाँ पुस्ता कृषिकर्ममा अभ्यस्त भएका हुन् । यहाँका कृषकहरुले माछापालन व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् । भरतपुर–२०, शारदानगरमा मात्रै ८५ बिगाहा क्षेत्रफलमा माछापालन गरिएको छ ।  २०४२ देखि तात्कालिन जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएकोे शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । यही  समूह चितवनकै पुरानो र पहिलो माछापालक समूह रहेको उनको दाबी छ । चितवन मौरीपालन व्यावसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६ का भूपालनाथ कँडेलले २०५५ सालदेखि मौरीपालनलाई व्यवसायका रुपमा अघि बढाउँदै आएका छन् । कँडेलले मेलिसरा जातको मौरीबाट उत्पादित महको मागलाई घरबाटै आपुर्ति गर्दै आएको बताउँछन् ।  पश्चिम चितवनको शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायतका क्षेत्र तरकारी खेतीको पकेट क्षेत्रका रुपमा परिचित छ ।

चितवनमा कृषि-पर्यटन क्षेत्रमा मौसमको पूर्व सूचना दिने प्रणालीको तयारी

३, माघ, चितवन । चितवनमा कृषि र पर्यटनको क्षेत्रमा मौसमको पूर्वसूचना दिने प्रणालीको व्यवस्थापन गरिने भएको छ । कृषि र पर्यटन क्षेत्रको हवको रूपमा जिल्ला रहेकोले यूके एड न्तर्गतको इसिमोड र विभिन्न सरकारी निकायको साझेदारीमा ‘पाइलट प्रोजेक्ट’का रुपमा यस्तो सूचना प्रणालीलाई अबलम्बन गर्न लागिएको हो । कृषि ज्ञान केन्द्र चितवनसँग सहकार्य गर्न इसिमोडले सम्झौतासमेत गरिसकेको […]