लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षित गरायो

कैलालीका स्थानीय युवा लकडाउनको समयलाई सदुपयोग गर्दै कृषि कर्मतर्फ आर्कषित बनेका छन् । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लामो लकडाउन गरेसँगै क्याम्पस अनिश्चितकालीन बन्द भएपछि उच्च शिक्षा अध्ययन गरिरहेका यहाँका केही युवाहरू कृषि व्यवसायमा आकर्षित भएर व्यवसाय सुरु गरेका हुन् । घोडाघोडी नगरपालिका-५ का विनोद चौधरी स्नातक तह तेस्रो jर्षका विद्यार्थी हुनुहुन्छ । कोरोनाको सङ्क्रमणले लकडाउन शुरु भएसँगै उहाँ अध्ययनरत् क्याम्पस पनि बन्द भयो । दैनिक क्याम्पस अध्ययनका लागि जाने विनोदलाई क्याम्पस बन्द भएसँगै लकडाउनको अवधि बढ्दैगएपछि अब केही गर्नुपर्छ भन्ने लाग्यो । उसो त उहाँलाई उच्च शिक्षा अध्ययनपश्चात नेपालमै कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने मनमा थियो तर लकडाउनले उहाँलाई त्यो अवसर प्रदान गर्याे । लकडाउनले सबैतिर प्रभाव पारिरहेको अवस्थामा कृषि नै उत्तम विकल्प रहेको विनोदले लोकल कुखुरा पालन शुरु गर्नुभएको छ भने बायोफलक्स प्रविधिबाट माछापालन गर्ने तयारीमा जुट्नुभएको छ ।

सम्बन्धित सामग्री

कृषि: व्यापारीकरण कि किसानीकरण?

भूमिसुधारविनाको कृषिको पुँजीवादीकरणले कृषि र कृषि उत्पादनलाई विषाक्त बनाउने निश्चित छ ।

‘कृषि क्षेत्रको स्तरोन्नतिका लागि कृषि व्यापार रणनीति आवश्यक’

मोरङ – कृषि क्षेत्रको स्तरोन्नतिका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले बताएका छन्। मंगलबार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित ‘कोशी प्रदेशमा कृषि व्यापार प्रवर्द्धन रणनीति’सम्बन्धी छलफलमा बोल्दै राज्यमन्त्री महतोले यस्तो बताएका हुन्। कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेको बताएका राज्यमन्त्री महतोले कृषकहरुलाई अघि […]

मुक्तिनाथ कृषि कम्पनीका ५ कृषि संरचना सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको प्रवर्द्धन सम्बन्धी ५ वटा कृषि संरचना सञ्चालनमा ल्याएको छ । जस अनुसार कम्पनीले इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा ल्याएको छ । यसैगरी स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवर्द्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ […]

कृषि विधेयकमा विमर्श

कृषि क्षेत्रको समस्या किसानको मात्र होइन, यो त सिङ्गो समाजकै समस्या हो, किनकि कृषि बिग्रँदा समाज बिग्रन्छ, कृषि सप्रिँदा देश सप्रन्छ।...

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयोः मन्त्री भुसाल

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्। शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन्। उनले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए। मन्त्री भुसालले तराई मधेसमा केही […]

डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु

सर्लाही । सर्लाहीको हरिवनमा मंगलबारबाट डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । ‘कृषि यान्त्रिकरणको वृद्धि, दुग्धजन्य एवम् कृषि उत्पादनमा नविन्तम प्रविधि’ भन्ने मूल नाराका साथ हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा हरिवनमा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री […]

कहाँबाट, कसरी लिने कृषि अनुदान ?

नेपालको कृषि क्षेत्र निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता र औद्योगीकरणतर्फ उन्मुख भैरहेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको छ । तर कृषकले अनुदानको बारेमा सुने तापनि कृषि अनुदान कहाँबाट कसरी पाइन्छ भन्ने जानकारी नहुँदा सरकारले प्रदान गर्ने कृषि अनुदान कार्यक्रमबाट बञ्चित हुने गरेका छन् ।यदि तपाईं कृषि व्यवसाय सुरू गर्दै हुनुहुन्छ या संचालन गरिरहेको कृषि ब्यवसायलाई थप वृत्तिविकास गर्ने सोचमा हुनुहुन्छ भने कृषि अनुदान दिने सरकारी वा गैरसरकारी निकाय तथा

अर्गानिक कृषि रणनीति बनाउँदै कर्णालीको कृषि मन्त्रालय

कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १५ वर्षे अर्गानिक कृषि रणनीति बनाउन थालेको छ।...

कृषि विकासका लागि कृषि वनको अध्ययन आवश्यक

कृषि र वन एक अर्कासँग सम्बन्धित भएपनि एक अर्कालाई स्वीकार नगरेको गुनासो सरोकारवालाहरूले गरेका छन् । वनलाई नमासिकन कृषि वनलाई प्रवद्र्धन गर्न सकिन्छ तर यसमा कृषि र वन दुवै क्षेत्र अन्योलमा रहेको बताइएको छ । कृषिमा वन र वनमा कृषि छ तर त्यो क्षेत्र कसको हो भनि दुवै क्षेत्रको अन्योल रहेको हुनाले दुवै क्षेत्रको विकास नभएको उनीहरुको धारणा रहेको छ । कृषि वनलाई प्रभावकारीलाई ढंगबाट अगाडि बढाउनका लागि दुवै पक्ष गम्भीर हुनुपर्ने कुरामा वक्ताहरूले जोड दिएका छन् ।अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२