बायोफ्लोक प्रविधिमा आकर्षण

बायोफ्लोक प्रविधिबाट माछापालन गर्न किसान आकर्षित भएका छन् । झापाको गौरादह नगरपालिका–२ स्थित क्याम्पसमोडका रोनिस बायोफ्लोक फिस फार्मिङका सञ्चालक मोहन पराजुलीले सानो पानीको टयाङ्कीमा व्यावसायिक माछापालन गरेर राम्रो आम्दानी लिँदै हुनुहुन्छ । उहाँले घरको करेसाबारीमा नै १० हजार लिटर क्षमताका चारवटा ट्याङ्की निर्माण गर्नुभएको छ । यो प्रविधिबाट राम्रो आम्दानी हुन थालेपछि अन्य दुईवटा ट्याङ्की थप गर्न लागेको पराजुलीले बताउनुभयो । उहाँले यो प्रविधिमा सानो स्थान, थोरै क्षेत्रफल, थोरै पानीमा धेरै आम्दानी गर्न सकिने बताउनुभयो ।

सम्बन्धित सामग्री

युपिभिसीको नयाँ प्रविधिमा आकर्षण

धनगढी– घर निर्माणका नयाँ प्रविधिमा प्रयोगकर्ताहरू आकर्षित हुँदै गएको नवीन प्रविधिका व्यवसायी बताउँछन् । नयाँ निर्माण प्रविधिको आकर्षणले गर्दा कंक्रिटमा आधारित निर्माण परिवर्तन भइरहेको उनीहरूले बताएका छन् । कंक्रिटको सट्टा मेटल स्ट्रक्चरबाट घर बनाउने, काठको सट्टा युपिभिसिका झ्याल ढोका प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । निर्माणको नयाँ प्रविधिबाट घर बनाउने ग्राहक संख्या बढ्दै गएको हुनाले […]

आइएसएमटी कलेजमा ‘प्रविधि मेला’

सूचना प्रविधिमा दक्ष जनशक्तिको माग उच्च छ, विश्व रोजगार बजारमा । मान्छेको दैनिक जीवनसँग अभिन्न रुपले जोडिदै आएको सूचना प्रविधि अब आवश्यक्ता मात्र होइन, अनिवार्य बनिसकेको छ । त्यसैले त नयाँ नयाँ प्रविधि एवं उपकरणको विकास र विन्यासमा युवाहरुको आकर्षण बढ्दो छ । यही आकर्षण र अवसरलाई उजागर गर्दै काठमाडौंका आइएसएमटी कलेजले हालै मात्र ‘आइटी […]

प्रविधिमा अभ्यस्त पाठकलाई किताबी मोहमा ल्याउने प्रयासमा प्रज्ञा प्रतिष्ठान

काठमाडौं । मानिसमा पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६६ औं वार्षिकोत्सवको अवसरमा वर्षेनी गर्दै आएको वृहत पुस्तक प्रदर्शनीलाई यस पटक पनि निरन्तरता दिएको छ । सूचना प्रविधिमा अभ्यस्त हुँदै गएका पाठकलाई फेरि पुस्तककै स्वादमा फर्काउन लागि परेको प्रज्ञा प्रतिष्ठानका अधिकारीहरु बताउँछन् । प्रदर्शनीमा सबै उमेर समूहका पाठकको आकर्षण देखिन्छ । जीवनी […]

सूचना प्रविधि सरकारको प्राथमिकता छ : अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्त्व र प्रथामिकता दिएको बताएका छन् । आइसिटी फाउन्डेसनले यहाँ आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२३ को समापन गर्दै उनले सरकारले सूचना प्रविधिको प्रवर्द्धन र संरक्षण गर्ने नीति अघि सारेको बताए । उनले सूचना प्रविधिमा युवा पुस्ताको आकर्षण भइरहेको भन्दै सरकारले सूचना प्रविधि क्षेत्रलाई उचित […]

प्रविधिमा किसानको आकर्षण बढ्दो

काठमाडौँ, ४ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेको पाँच वर्ष भइसक्यो । उनी अचेल खेत जोत्न ‘पावर टिलर’को प्रयोग गर्छन् । उनको यहाँ साढे चार बिगाहा जमिन छ । वर्षौंदेखि उनले तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आएकामा अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्छन् […]

विद्युतीय चूल्होमा आकर्षण

वर्षायाममा मागभन्दा बढी विद्युत् आपूर्ति हुन थालेपछि सरकारले ग्यास चूल्होको प्रयोग घटाउँदै विद्युतीय चूल्हाको प्रयोग बढाउने नीति लिए पनि अपेक्षित सफलता प्राप्त हुन सकेको छैन । यसो हुनुमा सरकारी कमजोरी एउटा कारण हो भने अर्को उपभोक्तालाई नयाँ प्रविधिमा अभ्यस्त हुन समय लाग्नु हो । विद्युतीय चूल्होको प्रयोग कम भए पनि धेरैको घरमा विकल्पका रूपमा यसलाई प्रयोग गर्ने गरिएको भने पाइन्छ । सरकारले अनुदानमा चूल्हो वितरण गर्ने जस्ता नीति लिनु गलत हो । उपभोक्ता आफैले यो सस्तो छ, सुरक्षित छ र भरपर्दो पनि छ भनेर अनुभव गरे भने अनुदानको चूल्हो आवश्यक पर्दैन । अर्को सरकारको नीति नै गलत छ । आयातित एलपी ग्यासमा अनुदान दिइन्छ तर स्वदेशी उत्पादन बिजुलीमा न अनुदान छ न त महसुल घटाउन नै चासो दिइएको छ । उल्टो, केही युनिट सित्तैमा बाल्न दिने नीति लिइएको छ । विपन्न वर्गलाई लक्षित गरी यस्तो नीति लिनु उपयुक्त भए पनि बढी उपभोग गर्नेलाई प्रोत्साहन गर्ने नीति नै छैन । त्यसैले विद्युतीय चूल्होको प्रयोग बढाउने हो भने महसुल घटाउनुपर्छ र बढी उपभोग गर्नेलाई केही छूट दिनुपर्छ । सर्वसाधारणमा ग्यास प्रयोग गर्ने बानी छ र त्यसैअनुसार भान्छा र भाँडाको चाँजोपाँजो मिलाएका हुन्छन् । यसमा उनीहरू अभ्यस्त पनि छन् । हरेकजसोले ग्यास सिलिन्डर चाहिनेभन्दा बढी किनेर राखेका छन् । यस्तोमा उनीहरूलाई ग्यास छाडेर विद्युतीय चूल्होमा जान केही समय लाग्नु स्वाभाविक हो । अर्को, विद्युतीय चूल्होमा खाना पकाउँदा निकै कम पैसा लाग्ने होइन । त्यसो हुँदा उनीहरू विद्युतीयमा रूपान्तरण हुन हिचकिचाइरहेका हुन् । लोडशेडिङको समयमा भन्दा अहिले नेपालमा प्रतिव्यक्ति विद्युत् खपत बढेको छ । घरायसी विद्युतीय उपकरणको प्रयोग अहिले निकै बढेको छ । इन्डक्शन चूल्हो किनेर पनि सर्वसाधारणले किन यसको प्रयोग कहिलेकाहीँ मात्र गर्छन् भन्ने कुराको उत्तर खोज्ने हो भने यसको प्रयोग बढाउन सकिन्छ । तर, चेतनाको अभाव भन्दै मूल कारणलाई बेवास्ता गर्ने हो भने सरकारको लक्ष्य पूरा हुन कठिन छ ।

अर्गेलीको माग उच्च निर्यात कम

इलाम । अर्गेलीको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएपनि सरकारले अर्गेली उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरणमा सहयोग नगर्दा किसान पुरानै प्रविधिमा निर्भर हुन बाध्य छन् । जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ संकलन हुन सकिरहेको छैन । जापानी नोट ‘येन’ को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक […]

विद्युतीय भुक्तानी सेवा दिने कम्पनीहरूमा पूर्वाधार कमजोर

विद्युतीय प्रविधिमा आधारित भुक्तानी सेवा प्रयोगमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि सेवा प्रदान गर्ने कम्पनीहरू भने पर्याप्त भौतिक पूर्वाधारविना नै सञ्चालन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अनुगमनमा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसपी) कम्पनीहरूले पर्याप्त भौतिक तथा प्राविधिक पूर्वाधारको व्यवस्था गर्न नसकेको भेटिएको हो ।‘कम्पनीहरूले लाइसेन्सका लागि आवेदन दिँदा नै आवश्यक भौतिक तथा प्राविधिक पूर्वाधार तयार गरेको हुनुपर्छ,’ नेपाल राष्ट्र ब

आधुनिक धान खेतीप्रति किसान आकर्षित

झापाको कमल गाउँपालिकामा आधुनिक तथा प्रविधिमा आधारित धान प्रवर्द्धन कार्यक्रमप्रति आकर्षण बढेको छ।