बुटवल : नेपाल सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले गठबन्धनको निर्णयविरुद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरुद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाँणको चेतावनी छ।रूपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाँणले भने, ‘गठबन्धन विरूद्ध अहिले जो जो लाग्नुभएको छ, उहाँहरूलाई पार्टीले कार