संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा काँग्रेसका युवा नेताहरूले प्रदर्शन गरेका छन् ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापन इतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलबार राजेन्द्र बजगाइँको नेतृत्वमा आधा दर्जन बढीको सङ्ख्यामा भेला भएका युवा नेताहरूले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्