आसन्न चौधौं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको बैठक शुक्रवार बस्दैछ ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननंसिह केसीको पहलमा सभापतिका आकांक्षी र प्रभावशाली नेताहरूको बैठक बस्न लागेको हो ।
संस्थापन इतरबााट साझा उम्मेदवार तय गर्नका लागि दबाब दिन भन्दै बत्तीसपुलतीस्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।
भेलामा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरा...