डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि आइतबार दिनभर ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तनावग्रस्त बन्यो । पत्थरीको उपचार गर्न सप्तरीबाट राजधानी आएकी २३ वर्षीया ललिताकुमारी चौधरीको उपचारका क्रममा शनिबार निधन भएको थियो ।