निर्वाचन आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राखेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले माघ २५ देखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम निर्वाचनको आरम्भ गरी हाल निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको ब्रिफिङ गरेका थिए । उक्त अवसरम