हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता मंसिर ७ गतेबाट हुने भएको छ । नेपाल हस्तकला महासंघका अनुसार यो मेलाको २० औं र हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो । नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयाेजना गरेकाे महासंघले जनाएकाे छ ।