केन्द्रीय राजधानी काठमाडौंमा बृहत हस्तकला व्यापार मेला आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म बौद्धको पाँचतारे होटल हायात रिजेन्सीमा मेलाको आयोजना हुने भएको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले १८ औं संस्करणको हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । तीनदिने चल्ने उक्त मेलामा स्थानीय हस्तकलाका विविध विधाका एकसय २० भन्दा बढी स्टल रहने आयोजक महासंघले जनाएको छ । विगतका मेलामा हस्तकल