मिस्त्रीखोला जलविद्युत् आयोजना : प्रसारण क्षमता नहुँदा ‘फुलफेज’मा विद्युत् उत्पादन हुन सकेन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन सकेको छैन । गत असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन थालेको सो आयोजनाले प्रसारण लाइनको क्षमता कम हुँदा ‘फुलफेज’मा विद्युत् उत्पादन गर्न नसकेको हो ‘हाइड्रो हब’का रूपमा विकसित हुँदै गरेको नारच्याङमा निर्माण गरिएको सो आयोजनाको पूर्ण उत्पादन (४२ मेगावाट नै) क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा पूर्णरूपमा व्यावसायिक उत्पादन गर्न नसकेको बताइएको छ । आयोजनाका अनुसार विद्युत् प्राधिकरणको लोडसेन्टरको माग दैनिक २८ देखि ३० मेगावाट मात्र रहेकाले सोही परिमाणमा विद्युत्् उत्पादन गरी ग्रिडमा पठाइएको छ । ४२ मेगावाट उत्पादन क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा नोक्सानी हुन थालेको आयोजनाका कन्स्ट्रक्सन म्यानेजर चूडामणि निरौलाले बताए । ‘हामीले जेठ १५ गतेदेखि विद्युत् उत्पादन गरी ग्रिडमा पठायौं र असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन शुरू गर्‍यौं,’ आयोजनाका कन्स्ट्रक्सन म्यानेजर निरौलाले भने, ‘प्राधिकरणको प्राविधिक कारणले लोडसेन्टरको माग अनुसार अहिले सरदर ३० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।’ मिस्त्रीखोलाबाट उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी कोरिडोर २२० केभीए प्रसारण लाइनको सबस्टेसनमा जोडिएको छ । यो प्रसारण लाइन पूरा भएको छैन । पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम जारी नै छ । प्रसारण लाइनको सम्पूर्ण काम पूरा नभएसम्म नारच्याङमा निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकिने आयोजनाका कन्स्ट्रक्सन म्यानेजर न्यौपानेको भनाइ छ । कालीगण्डकी र आसपासका नदीहरूमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत्् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा २२० केभी क्षमताको सबस्टेशन बनाएको छ । दानादेखि पर्वतको खुर्कोटसम्म ११० ओटा टावर बनाएर ३९ दशमलव ६ किलोमिटर डबल सर्किटको तार तानिएको छ । तर, पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम सकिएको छैन । २०७३ जेठदेखि निर्माण थालिएको मिस्त्रीखोला जलविद्युत् आयोजनाको कुल लागत ५ अर्ब ६४ करोड रुपैयाँ छ । माउन्टेन इनर्जी प्रालिले निर्माण गरेको यो आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ५० लाख रुपैयाँ छ । आयोजनाले विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ६६ पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ४ मा पर्ने नारच्याङमा १० ओटा विद्युत् आयोजना निर्माणाधीन छन् । यहाँ ४९ मेगावाट क्षमताका तीनओटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनओटा आयोजना निर्माणाधीन र १३९ दशमलव ९४ मेगावाट क्षमताका चारओटा आयोजना निर्माण प्रक्रियामा छन् ।

सम्बन्धित सामग्री

माडी जलविद्युत् आयोजना नबन्ने, सम्पर्क कार्यालय हट्यो

रोल्पा – रोल्पाको माडी खोलाबाट एक सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी गएकाे तीन वर्ष अघिदेखि सम्भाव्यता अध्ययन सुरु भएको माडी जलाशययुक्त जलविद्युत् आयोजना नबन्ने भएको छ ।सरकारको स्वामित्वमा रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र चीन सरकारको स्वामित्वमा रहेको पावर कन्स्ट्रक्शन कर्पोरेशन अफ चाइना (पावर चाइना) को संयुक्त लगानीमा बन्ने भनेको माडी जलाशययुक्त आयोजना लागत बढी लाग्ने देखिएपछि लगानीकर्ताले हात झिकेका हुन् ।२०७६ साउन ५ गते विद्युत् विकास विभागबाट अनुम...

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै

डोल्पाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ । एउटै नदीबाट दुई आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी छ भने ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार डिपिआरको काम भएपछि एक सय २२ मेगावाट विद्युत् उत्पादन हुने छ । &ld

बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी दर्ता

काठमाडौँ । सरकारले एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी स्थापना गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनीको सेयर स्वामित्व हुने गरी बुढीगण्डकी जलविद्युत् कम्पनी लिमेटेड नामक पब्लिक कम्पनी स्थापना गरिएको हो । कम्पनीको अधिकृत चुक्ता पुँजी २० अर्ब रुपैयाँ राखिएको छ । त्यसमा संस्थापक […]

बुढीगण्डकीलाई यही वर्ष विद्युत् उत्पादन कम्पनी बनाइने

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत् उत्पादन कम्पनी बनाएर अगाडी बढाउने बताएकी छिन्। आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्य प्रगति...

विद्युत् उत्पादन रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव

नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।...

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

फुङ्लिङ ।  ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३।५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् […]

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३।५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाक

माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु

काठमाण्डाै - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ। छ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिएको थियो। स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्् आयोजनामा ७६/७६ मेगावाटका छ वटा युनिट जडान गरिएको छ । उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीमा २२० र १३२ केभीको सब–स्टेशनमा जोडिएको छ । त्यहाँबाट ढल्केबर र लामोसाँघु हुँदै...

म्रिस्तीखोलाबाट व्यावसायिक विद्युत् उत्पादन

म्याग्दी : म्रिस्तीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन थालिएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित सो आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन थालिएको हो।माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला जलविद्युत् आयोजना मुलुककै स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा ठूलो र लागतको हिसाबले सस्तो आयोजना हो। ४२ मेगावाट क्षमताको म्रिस्तीखोलाले २०७८ जेठ १ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो।परीक्षण अवधि पूरा गरेर नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको आयोजनाको साइट अफिसका

विद्युत् उत्पादन गर्ने २९ प्रवद्र्धकलाई सरकारको सम्मान

विद्युत् विकास विभागले आफ्नो स्थापना दिवसको अवसरमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने २९ जलविद्युत् प्रवद्र्धकहरुलाई सम्मान गरेको छ ।आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा विद्युत् उत्पादन गरी प्रसारण प्रणालीमा जोड्ने प्रवद्र्धक कम्पनीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा विद्युत् प्राधिरण र यसको सहायक गरी तीन जलविद्युत् आयोजना छन् भने अन्य निजी क्षेत्रका छन् […]