डोल्पाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ । एउटै नदीबाट दुई आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी छ भने ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार डिपिआरको काम भएपछि एक सय २२ मेगावाट विद्युत् उत्पादन हुने छ । &ld