माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु

काठमाण्डाै - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ। छ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिएको थियो। स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्् आयोजनामा ७६/७६ मेगावाटका छ वटा युनिट जडान गरिएको छ । उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीमा २२० र १३२ केभीको सब–स्टेशनमा जोडिएको छ । त्यहाँबाट ढल्केबर र लामोसाँघु हुँदै...

सम्बन्धित सामग्री

माथिल्लो तामाकोशीको विद्युत् उत्पादन बन्द गर्ने करार सेवाका कर्मचारीको चेतावनी

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार सेवाका कर्मचारीले आफूहरूलाई स्थायी गर्नुपर्ने माग राखे राख्दै तिहारका बेला विद्युत् उत्पादन र आपूर्तिमा नै अवरोध गर्ने चेतावनी दिएका छन् । चार सय ५६ मेगावाट क्षमताको आयोजनाको विद्युत् उत्पादन आज (बुधबार) देखि अनिश्चित कालसम्म बन्द गर्ने चेतावनी स्वतन्त्र कर्मचारी युनियनको छ। कर्मचारी थप गर्न खोजेको तर करार सेवामा […]

व्यावसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

दोलखा, साउन २० । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते (बिहीवार) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाले साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न लागेको हो । ‘परीक्षण उत्पादन सफल भएकाले पहिलो युनिटबाट बिहीवारदेखि व्यावसायिक उत्पादन […]

व्यावसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

दोलखा । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते (बिहीवार) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाले साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न लागेको हो । ‘परीक्षण उत्पादन सफल भएकाले पहिलो युनिटबाट बिहीवारदेखि व्यावसायिक उत्पादन गर्न शुरू गर्न लागेका हौं,’ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले भने । प्रवक्ता न्यौपानेका अनुसार साउन १८ गतेदेखि चौथो युनिटबाट पनि परीक्षणको रूपमा विद्युत् उत्पादन शुरू भएको छ । चौथो युनिट सञ्चालनमा आएसँगैै हाल राष्ट्रिय प्रसारण लाइनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट बिजुली प्रवाह भएको छ । यसअघि पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते र तेस्रो युनिटबाट साउन ८ गतेदेखि सञ्चालनमा आएको थियो । भदौ महीनाभित्र सबै (६ ओटै) युनिट सञ्चालनमा आउने आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेशनसम्म तथा त्यहाँबाट २२० केभी खिम्ती–ढल्केवर प्रसारण लाइनमार्फत ४००/२२० केभी ढल्केबर सब–स्टेशनसम्म पु¥याएर राष्ट्रिय प्रणालीमा जोडिएको छ । खिम्ती सबस्टेशनको काम पनि करीब सकिने अवस्थामा पुगेको प्रवक्ता न्यौपानेले जानकारी दिए । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सबै युनिट सञ्चालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा आयो

साउन ९, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा  आएको छ । शुक्रवारबाट ७६ मेगावाटको तेस्रो युनिट सञ्चालनमा आएको हो ।शुक्रवार तेस्रो युनिट सञ्चालनमा आएसँगै २२८ मेगावाट विद्युत् उत्पादन हुन शुरु गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता गणेश प्रसाद न्यौपानेले आर्थिक अभियानलाई बताए । पहिलो युनिट गत असार २१ गते र दोस्रो युनिट असार २९ गते सञ्चालनमा आएका थियो । साउन महीनाभित्र चौथो युनिटबाट पनि विद्युत् उत्पादन शुरु हुने प्रबक्ता न्यौपानेको भनाइ छ । परीक्षण उत्पादनको क्रममा खासै समस्या नदेखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादीत विद्युत् विद्युतगृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/ २२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ । ७६ मेगावाट क्षमताका छ ओटा युनिट रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट छ ओटै युनिट सञ्चालन हुँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सुरुभयो ७६ मेगावाट बिजुली उत्पादन

काठमाडौं, असार २१ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो । करिब ३ महिनाको निरन्तर परीक्षणपछि आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो युनिट प्रणालीमा जोडिएको हो । आयोजनामा कुल ६ वटा युनिट छन् । ४ […]

माथिल्लो तामाकोशी आयोजना १० वर्षपछि सम्पन्न हुँदै

काठमाडौं : बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ। असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो। आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ। यस्तै, हाल दोस्रो युनिटको पनि परीक्षणको काम भइरहेको छ। उक्त युनिटको समेत काम सम्पन्न गर्ने र राष्ट्रिय प्रणालीमा बिजुली जोड्

माथिल्लो तामाकोशी अन्तिम चरणमा, असारभित्रै १५२ मेगावाट बिजुली

काठमाडौँ । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ ।यस्तै हाल दोस्रो […]

माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत् उत्पादन सुरु गर्ने तयारी

काठमाडाैं : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी भएको छ। संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाखभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी दिए।पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए। ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको