रोल्पा – रोल्पाको माडी खोलाबाट एक सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी गएकाे तीन वर्ष अघिदेखि सम्भाव्यता अध्ययन सुरु भएको माडी जलाशययुक्त जलविद्युत् आयोजना नबन्ने भएको छ ।सरकारको स्वामित्वमा रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र चीन सरकारको स्वामित्वमा रहेको पावर कन्स्ट्रक्शन कर्पोरेशन अफ चाइना (पावर चाइना) को संयुक्त लगानीमा बन्ने भनेको माडी जलाशययुक्त आयोजना लागत बढी लाग्ने देखिएपछि लगानीकर्ताले हात झिकेका हुन् ।२०७६ साउन ५ गते विद्युत् विकास विभागबाट अनुम...