स्वास्थ्य बिमा गरेका ७४ वर्षीय विश्वनाथ रेग्मीले निःशुल्क पाइने औषधि किनेर खानुपरेको गुनासो गरे । बिमाबाट पाउने सेवामात्र नभई ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा पाउनुपर्ने सेवाबाट पनि वञ्चित हुनुपरेको उनले बताए । ‘मैले अहिलेसम्म न गाडी भाडामा छुट पाएँ, न निःशुल्क औषधि’ रेग्मीले भने, ‘अधिकारका बारेमा नारा लगाउनुभन्दा नलगाउनु बेस ।’