दाङ : तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबरजस्ती करणी मुद्दाका कैदी छन्। कारागारमा रहेका कुल ५५७ कैदीबन्दीमध्ये १८४ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिइन्।कुल कैदीबन्दीमध्ये १५० कर्तव्य ज्यान मुद्दाका छन्। तीमध्ये १३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवा छन्। जसमा एक बालक आश्रित छन्। यसैगरी लागुऔषधका ११३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन्। साथै चार कैदी र १४ थुनुवा गरी १९ महिला छन्। साथमा एक आश्