गुल्मी : २५ जना क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तेब्बरभन्दा बढी कैदी बन्दी बस्न बाध्य छन्।२५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ८३ जना कैदी बन्दी रहेको जिल्ला कारागार गुल्मीका निमित्त प्रमुख नायव सुब्बा रेश्मीराज पन्थीले जानकारी दिए। पन्थीका अनुसार पुरुष ७६ जना, महिला ७ जना गरी जम्मा ८३ जना कारागारमा कैदी बन्दी रहेका छन्।कारागारको भवन साँघुरो हुँदा धेरै समस्या भोग्नुपरेको पन्थीले गुनासो गरे। कैदी बन्दीलाई पर्याप्त खेलमैदान अभाव, आर्थिक उपार्जनका लागि उद्योग खोल्न पनि समस्या भएको