म्यानमार सरकारले गर्याे २३ हजार कैदी रिहा

काठमाडौं। म्यानमारको सैनिक सरकारले शनिबार २३ हजारभन्दा बढी कैदी रिहा गरेको छ। त्यसमा तीन राजनीतिक कैदी पनि सामेल छन्। म्यानमार सरकारले परम्परागत नववर्षको उपलक्ष्यमा कैदी रिहा गरेको हो।त्यहाँको सरकारले उक्त संख्यामा गरेको कैदी रिहाइमा फेबु्रअरीमा भएको सत्ताकब्जाको विरोधी छन् या छैनन् भन्न सकिँदैन। म्यानमारको जुन्ता सरकारले रिहा भएका कैदीमध्ये एक सय ३७ जना विदेशी भएको बताएको छ।(एजेन्सी)