लमजुङ- लगातारको वर्षापछि आएकाे पहिरोका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ । शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडक खण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । पहिरोको […]