लमजुङ- लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गरिएको छ । शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका १ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । उदीपुरमा पहिरोको विकल्पमा […]