पहिराे गएपछि डुम्रे–बेसीसहर सडक खण्ड अवरुद्ध

लमजुङ - लगातारकाे वर्षासँगै गएको पहिराेका कारण गए रातिदेखि डुम्रे –बेसीसहर सडक खण्ड अवरुद्ध भएको छ ।  सडक खण्डअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिराे गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । याे सडक श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिएकाे छ । माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडकमा थुप्रिएकाे प्रहरी निरीक्षक रेग्मीले बताउनु भयाे। लेदोले सडक अवरुद्ध भएकाे छ भने वैकल्पिक सडक प...