डुम्रे–बेसीशहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल सुरू भएको छ । बेसीशहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर अवरुद्ध भएसँगै दीर्घकालीन व्यवस्थापनका निम्ति वैकल्पिक सडक व्यवस्थापनको पहल भएको हो ।जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफलसहित थप पहल गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले वैकल्पिक सडकको रूपमा उदिपुर–रिठ्ठेवगर, मध्य मर्स्या