रुसले सैन्य गतिविधि कम गरेन : युक्रेन

रुसले सैन्य गतिविधि धेरै कम गर्ने घोषणा गरेको भए पनि उत्तरी शहर चेर्निहिभमा बमबारी गरेको युक्रेनले बताएको छ ।  टर्कीमा भएको वार्तामा प्रगति भएको भन्दै रुसी रक्षा मन्त्रालयले हिजो मङ्गलवार युक्रेनको राजधानी किएभ र चेर्निहिभ सहरमा सैन्य गतिविधि कटौती गर्ने घोषणा गरेको थियो । चेर्निहिभका गभर्नर भिचास्लाभ चाउसले रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गर्नुभएको बीबीसीले जनाएको छ ।  युक्रेन र रुसका प्रतिनिधिहरूले हिजो टर्कीको इस्तानबुलमा तीन घण्टा लामो वार्ता गरेका थिए । हिजोको वार्तालाई फेब्रुअरी २४ मा युद्ध सु...

सम्बन्धित सामग्री

सैन्य कारबाही घटाउने भन्दै रुसले झुटो प्रतिबद्धता जनायो- युक्रेन

रुसले युक्रेनसँगको वार्तामा थप विश्वास बढाउनका लागि राजधानी किभ र चेर्निहाइभ सहरमा सैन्य गतिविधि घटाउने प्रतिवद्धता व्यक्त गरेको छ । यद्यपि, युक्रेनी अधिकारीहरुले भने रुसले झुटो प्रतिवद्धता गरेको र आफ्नो रक्षा सेनालाई त्यहाँबाट पछि नहटाउने जनाएको छ ।

रुस-युक्रेन वार्ता सकारात्मक : रुसले किभबाट सेना हटाउने

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच वार्तापछि रुसले उत्तरी युक्रेन र राजधानी किभनजिकै सैन्य गतिविधि कम गर्ने जनाएको छ । रुसी रक्षामन्त्री अलेक्जेन्डर फोमिनले यसबारे जानकारी दिएका छन् । वार्तामा सहभागी प्रतिनिधिहरूले इस्तानबुल वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

युक्रेन सीमानजिक रुसका १५ वटा बमवर्षक विमान तैनाथ

युक्रेनभन्दा १०० माइल पर एक धावनमार्गमा रुसले १५ वटा सुपरसोनिक लडाकू विमान तथा बमवर्षक विमान तैनाथ गरेको छ ।    भूउपग्रहीय तस्वीरहरूमा रुसको वायुसेना तम्तयार अवस्थामा देखिन्छ ।  यसरी लडाकू विमान राखेर रुसले छिमेकी मुलुक युक्रेनमा आक्रमण गर्न लागेको भनी विज्ञहरूले डर व्यक्त गरेका छन् ।  ती विमानहरू १३ सय ६७ माइल प्रतिघन्टाको गतिमा उड्न सक्छन् र एक मिनेटमा १८ सय राउन्ड गोली प्रहार गर्न सक्छन् ।  यी तस्वीरहरूमा रुसले क्राइमिया र युक्रेनी सीमा नजिक सैन्य गतिविधि बढाएको देखिन्छ । उसले सेना,...