रुस-युक्रेन वार्ता सकारात्मक : रुसले किभबाट सेना हटाउने

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच वार्तापछि रुसले उत्तरी युक्रेन र राजधानी किभनजिकै सैन्य गतिविधि कम गर्ने जनाएको छ । रुसी रक्षामन्त्री अलेक्जेन्डर फोमिनले यसबारे जानकारी दिएका छन् । वार्तामा सहभागी प्रतिनिधिहरूले इस्तानबुल वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित सामग्री

रुस–युक्रेन वार्ता सकारात्मक– जेलेन्स्की र पुटिनबीच भेटको सम्भावना बढ्यो

काठमाडौं– युद्ध अन्त्य गर्ने विषयमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा भएको प्रत्यक्ष शान्तिवार्ता सकिएको छ । वार्ता सकारात्मक भएको दुबै तर्फका प्रतिनिधिले बताएका छन् । जर्मनीको टेलिभिजन च्यानल डीडब्लूको अनलाइन संस्करणले जनाएअनुसार रुसी पक्षले वार्तालाई ‘रचनात्मक’ भन्दै युद्ध अन्त्य गर्ने आशा बढाएको टिप्पणी गरेको छ । चार घण्टासम्म चलेको छलफलपछि युक्रेनी प्रतिनिधिमण्डलले पनि […]

रुस–युक्रेन वार्ता सकारात्मक रूपमा अघि बढिरहेकाे छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबीच चलिरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउनुभएको छ । बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग आज शुक्रवार मस्कोमा भएको भेटमा पुटिनले आफ्नोतर्फका वार्ताकारहरूको अनुसार वार्तामा सकारात्मक परिवर्तनहरू देखिएका बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेन र बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका हुन् । हिजो बिहीवार युक्रेन र रुसका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए । तर अहिलेसम्म ती वार्ताबाट कुनै नतिजा देखिएको छैन । पुटिनले रुसविरुद्ध लग...