रुस र पश्चिमा शक्ति राष्ट्रबीच युद्धको खतरा बढ्यो: युक्रेनमाथि किन नजर लगाउँदैछन् पुटिन ?

युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको भन्दै अमेरिकाले केही दिनअघि चेतावनी दिएलगत्तै पश्चिमी शक्तिहरूले कृष्णसागर (ब्ल्याक सी) र बेलारुस सीमा नजिक सैन्य गतिविधि बढाएपछि रुस र पश्चिमबीच युद्ध हुने सम्भावना बढेर गएको छ ।  त्यसो त अप्रिल महिनामै रुसले विशाल संख्यामा आफ्ना सैनिकहरू युक्रेन सीमा नजिक तैनाथ गरेको थियो । युक्रेनी सेनाले पूर्वी क्षेत्रमा रहेको डोनबासमा रुससमर्थक पृथक्तावादीहरूमाथि ड्रोन आक्रमण गरी आर्टिलरी इकाइलाई ध्वस्त पारेपछि रुसले युक्रेन सीमाभन्दा १५० किलोमिटर वर आफ्नो भूमिमा सैनिक तैनाथ गरेको थियो । ...