पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५९ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनामा कोरोना परीक्षण भएको थियो । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ६५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५२९ जना रहेका छन्