काठमाडौं। राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि निर्वाचन आयोगले जेठ ६ गते मिति तोकेको छ। सरकारको सिफारिसमा मिति तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उनले भने, "निर्वाचनमा भाग लिन चाहने दलहरूको दर्ताका लागि भोलि सूचना प्रकाशित हुनेछ।" गृहमन्त्री रामबहादुर थापा बादलले दल त्याग गरेको उजुरीको कारण रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा निर्वाचन हुन लागेको हो।