डोटी - डोटीको सायल गाउँपालिकामा बाढी पहिराेका कारण ५ सयभन्दा धेरै घर उच्च जोखिममा परेका छन् ।
यो गाउँपालिकाको वडा नं १, २, ४, ५ र ६ मा रहेका ५ सय ८४ घर पहिरोको जोखिममा रहेका गाउँपालिकाका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो ।
गएको वर्षको असोज, कात्तिक महिनामा परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो खसेको थियो । पहिरोमा परेर त्यतिबेला ६ जनाको ज्यान गएको थियो । तर, पहिरोका कारण जोखिममा रहेका ती बस्ती अहिलेसम्म स्थानान्तरण गरिएको छैन ।
गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं. ४ मा रहेका भ...