३ वर्षमा लुम्बिनी प्रदेशका करिब ४ हजारले गरे आत्महत्या

दाङ : बितेको ३ वर्षमा लुम्बिनी प्रदेशमा करिब ४ हजार जनाले आत्महत्या गरेका छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी आत्महत्या गर्नेमा रूपन्देहीका रहेका छन्। मानसिक, यौनिक, शारीरिक, सामाजिक, आर्थिक यातनालगायतका कारणले आत्महत्या गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ।लुम्बिनी प्रदेशका १२ जिल्लाहरूमा ३ वर्षको अवधिमा ३ हजार ९७५ जनाले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २३३ जना, आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४०८ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३

सम्बन्धित सामग्री

लुम्बिनीमा आत्महत्याका घटना बढ्दो

कलिलो उमेरका युवा युवती, काखे नानी छोडेर आत्महत्या गर्ने महिला तथा परिपक्व उमेरका पुरुष मात्र होइन बृद्धबृद्धा समेतले आफ्नो जीवनलिला आफै समाप्त गरेका घटना लुम्बिनी प्रदेशमा बढ्दो छ। सबैभन्दा धेरै आत्महत्याका घटना रुपन्देहीमा छ।...

३ वर्षमा ३ हजार ९ सय ७५ जनाले गरे आत्महत्या

लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा करिब ४ हजारले आत्महत्या गरेका छन् । प्रहरीको तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लाहरूमा तीन वर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा ‘आत्महत्या न्युनीकरणमा नेपाल प्रहरीको भूमिका’ विषयमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय […]

लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान सुरु

लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान सुरु गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको आत्महत्या रोकथामसम्बन्धी देशव्यापी सचेतना कार्यक्रममा यो अभियानको घोषणा गरिएको हो ।अभियानको शुभारम्भ गर्दै प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले आत्महत्या सामाजिक समस्या बन्दै गएको बताए । आर्थिक तथा विभिन्न पारिवारिक कारण व्यक्तिले आत्महत्याको बाटो रोज्ने गरेकाले सचेतना जगाएर यसको नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । मन्त्री शर्माले यसको नियन्त्रण

आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियान

काठमाडौँ,२ असोज । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा आइतबार आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्मा । तस्बिर : निरा गौतम, रासस

प्रदेश १ मा हत्या र आत्महत्या अत्यधिक

देशभरका ७ वटा प्रदेशमध्ये प्रदेश १ मा जघन्य हत्या, आत्महत्या तथा बलात्कारका घटना धेरै भएको प्रहरीको तथ्याङ्क छ । गत वर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका थिए । दोस्रो नम्बरमा रहेको मधेस प्रदेशमा १०४ वटा हत्या भएका छन् । यस्तै प्रदेश १ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा केही घटेको भए पनि अन्य प्रदेशको तुलनामा अत्यधिक छ । सोही अवधिमा प्रदेश–१ मा सबैभन्दा धेरै एक हजार १७४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसपछि लुम्बिनी प्रदेशमा ९०६ जना

११ महिनामा ५ हजार ९४३ जनाले गरे आत्महत्या

चालु आर्थिक वर्षमा ५ हजार ९४३ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झुन्डिएर सवैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । २०७८ साउनदेखि २०७९ जेष्ठ सम्ममा ४ हजार ९५० जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । प्रदेश–१ मा सवैभन्दा धेरै १ हजार १७४ जनाले झुन्डिएर आत्महत्या रोजेका छन् । लुम्बिनी प्रदेशमा ९०६ जना र काठमाडौं उपत्यकामा ३४८ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।प्रहरी प्रधान कार्यालयकाअनुसार विष खाएर ८ सय ९७ जना

लुम्बिनी मेडिकल कलेजको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या

बुटवल । पाल्पाका एकजनाले अस्पतालबाट हाम फालेर आत्महत्या गरेका छन् । रामपुर नगरपालिका–७ कठानका ४२ वर्षीय गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । वैशाख ९ गते उनी घर नजिकैको सडकको नालीमा लडेको अवस्थामा...

९ वर्षीय बालकले चर्चभित्रै झुण्डिएर आत्महत्या गरेपछि…

काठमाडौं, ४ पुस । बुटवलमा ९ वर्षीय बालकले चर्चभित्रै झुण्डिएर आत्महत्या गरेका छन् । शनिबार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित् एक चर्चमा आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका हुन् । झुन्डिएका बालकलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । तर उनको मृत्यु भइसकेपछि मात्र प्रहरीलाई खबर पुगेको प्रहरीले जनाएको छ । घटना रहस्यमय भएको भन्दै स्थानियले छानविनको माग गरेका […]

‘आत्महत्या जनस्वास्थ्यको प्रमुख समस्या, नयाँ नीति आवश्यक’

२५ भदौ, बुटवल । आज विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यमार्फत आशाको सिर्जना’ नारासहित यो दिवस नेपालसहित आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । आत्महत्या रोकथामको क्षेत्रमा काम गरिरहेको संस्था कोशिस नेपालले गरेको अध्ययन अनुसार नेपालका सातवटा प्रदेशहरुमध्ये सबैभन्दा धेरै आत्महत्या प्रदेश १ मा हुने गरेको छ । दोस्रो धेरै आत्महत्या लुम्बिनी प्रदेशमा हुने […]

लुम्बिनी प्रदेश : आत्महत्या र जबर्जस्ती करणीका घटना बढे

बुटवल । लुम्बिनी प्रदेशमा आत्महत्या, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीका घटना बढेको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । यस्तै ज्यान मार्ने उद्योगका घटना पनि तीन वर्ष यता बर्सेनि उकालो लाग्दै गएको छ ।जबर्जस्ती करणीका घटना २०७५/७६ को तुलनामा २०७६/७७ मा केही कमी देखिए पनि २०७७/७८ मा भने अस्वाभाविक वृद्धि भएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा झुण्डिएर आत्महत्या गर्नेको संख्या ७९८ थियो । आर्