काठमाडौं : केही दिनदेखि भएको निरन्तर वर्षका कारण गएको बाढी तथा पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ। बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता र ३२ जना घाइते भएका छन्। त्यस्तै गरी २० वटा घर पूर्ण रुपमा क्षति भएको छ। बाढी‚ पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएको छ।मंगलबार रातिदेखि वर्षा हुने