काठमाडौं : इरान र अमेरिकाबिचको आणविक वार्ता कतारमा हुने भएको छ। त्यहाँको सरकारी सञ्चार माध्यम तेहरान टाइम्सले उल्लेख गरेको छ।
तीन महिना अगाडि भियन्नामा भएको वार्तालाई निरन्तरता दिन इरान तयार रहेको जनाएको छ। युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलको तेहरान भ्रमणको परिणाम स्वरुप रोकिएको आणविक वार्ताप्रति सकरात्मक देखिएको छ।…