उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप, ८ बजेपछि सवारीसाधन चलाउन पाइने

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकामा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा फेरी थप गरिएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो । अधिकारीहरुको बैठकले राति ८ बजेपछि सवारीसाधन चलाउन दिने समेत निर्णय गरेको छ ।  

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप तर सवारी सञ्चालन भने खुला

भदौ ८, काठमाडौं । काठमाडौ उपत्यकामा  कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलवार बसेको बैठकले उपत्यकाका काठमाडौं, भक्तपुर  र ललितपुर जिल्लाहरूको अवस्थाको मूल्याङ्कन गरेर निर्णय लिइएको हो । यसअघि राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो। तर यो व्यवस्थालाई हटाएर सवारी सञ्चालन भने खुला गरिएको छ ।

काठमाडौं उपत्यकामा हटाइयो राति ८ बजेपछि गाडी चल्न नपाउने नियम

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । भदौ ९ गतेदेखि लागू हुने गरी भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।  राति ८ बजेदेखि सवारीसाधन चलाउन नपाइने नियम भने हटाइएको छ ।  अघिल्लोपटक थपिएको निषेधाज्ञामा अत्यावश्यक सेवा, ढुवानीका सवारीसाधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारीसाधनहरू राति ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको थियो । ‘पछिल्लो कोरोना संक्रमण दरमा कुनै परिवर्तन आएको छैन, आवतजावतमा पनि नागरिकलाई असहज हुन्छ भन्ने कुरा उठेपछि त्यो...

राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउँदै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलवार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठकले बिहीवारदेखि लागू हुने गरी उपत्यकाको निषेधाज्ञा थप गरेको हो । बैठकले यसअघिको निषेधाज्ञालाई निरन्तरता दिँदै रातिको समयमा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले पसल तथा व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने र भीडभाडका क्षेत्र सञ्चालनमा प्रतिबन्ध लगाई निषेधाज्ञा थप गरिएको जानकारी दिए । उनका अनुसार सबै प्रकारका सभा, गोष्ठी, पार्टी प्यालेस, जीम, डान्सबार, खेलकुद, क्लब, स्वीमिङ पुल, मनोरञ्जनका क्षेत्र आदि सञ्चालनमा रोक यथावत् राखिएको छ । धार्मिक स्थल पनि पुजारीले नित्यकर्म गर्न पाउने गरी मात्रै खुला गर्न पाउने निर्णय गरिएकोमा एउटा कोठामा २५ जनासम्म मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ । कोभिडको संक्रमण बढ्दै गएकोमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको बताउँदै प्रजिअ पराजुलीले मास्क नलगाउने र प्रतिबन्धित क्रियाकलाप गर्नेलाई कारबाही गरिने बताए । हाल बन्दाबन्दी खुलेसरह भए तापनि उपत्यकाका प्रजिअहरूले निषेधाज्ञालाई यथावत् रूपमा थप गरिरहेका छन् । स्वास्थ्यविद्ले भने यसलाई कर्मकाण्डी निषेधाज्ञा मात्रै भएकाले यसले संक्रमण नरोकिने बताएका छन् । राति ८ बजेपछि सवारी सञ्चालनमा रोक लगाउनुलाई कर्मकाण्डजस्तै भएको टिप्पणी गर्दै स्वास्थ्यविद् समीरमान दीक्षितले यो आपूmले महामारीका बेला केही गरेको देखाउनका लागि मात्रै गरेजस्तो भएको बताएका छन् । ‘अर्थतन्त्रदेखि सबै क्षेत्रलाई बन्दाबन्दीले नराम्रोसँग हिर्काएकाले अब निषेधाज्ञा विकल्प त होइन, गर्नु हुँदैन,’ उनले भने, ‘निषेधाज्ञाको निर्णय केही गरेको जस्तो देखाउनका लागि मात्रै भइरहेकोमा यसले संक्रमण रोक्दैन ।’ उनले बन्दाबन्दी खुकुलो बनाउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गरी सबैलाई खोप दिनु नै अबको विकल्प भएको बताए । पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएकोमा अस्पतालहरू भरिन थालेका छन् । मंगलवार २४ घण्टाको अवधिमा थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएकोमा थप ३५ जनाको कोभिडका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोभिडको नयाँ भेरियन्टबाट सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेरसमूह प्रभावित भएका छन् । मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंगलवार गरिएको परीक्षणका क्रममा मात्रै ३१ प्रतिशत संक्रमण यो उमेरसमूहका व्यक्तिमा देखिएको हो । हाल नेपालमा ३७ हजार ३३२ संक्रिय कोरोना संक्रमित रहेको जानकारी उनले दिए ।

काठमाडौं उपत्यकामा ८ भदौसम्म निषेधाज्ञा थप, राति ८ बजेपछि गाडी चलाउन नपाइने

काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ

काठमाडौंमा कडाइ गर्दै निषेधाज्ञा थप, ८ बजेपछि सबै सवारी सञ्चालनमा रोक

साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ।

काठमाडाैं उपत्यकामा निषेधाज्ञा थप कडा, ८ बजेपछि गाडी चलाउन रोक

काठमाडाैं : काठमाडाैं उपत्यकामा निषेधाज्ञा पुनः थप गरिएको छ। साउन २८ गतेदेखि भदाै ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको छ। अत्यावश्यकबाहेक निजी अनि सार्वजनिक सवारीसाधनमाथि कडा नियम लगाइएको छ। राति ८ बजेभित्र सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्नेछ। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गरिसक्नुपर्ने उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि जारी निषेधाज्ञा साउन अन्तिममा सकिँदै छ।

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा, पुरानै नियमलाई निरन्तरता

काठमाडौं । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो । तर यसअघि जारी प्रावधानमा फेरबदल भएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर छाटाे दुरीका सार्वजनिक सवारीसाधन चल्नेछन् भने...

उपत्यकामा सरकारी गाडी दिउँसो चलाउन रोक,एक सातालाई खाद्यान्न जोहो गर्न आग्रह

काठमाडौं : उपत्यकामा सरकारी गाडी दिउँसोको समयमा चलाउन रोक लगाइएको छ। शुक्रबारदेखि लागू हुनेगरी निषेधाज्ञा थप एक साता लम्ब्याउँदै यस्ताे निर्णय गरिएको हो। सरकारी कार्यालय,सार्वजनिक संस्थान,बैंक,इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारीसाधन शुक्रबारदेखि दिउँसोको समयमा चल्न नपाउने भएका छन्। मंगलबार बसेको काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको  संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।निर्णय अनुसार ती संस्थाका सवारीसाधन बिहानको हकमा ९ : ३० बजेदेखि १० : ३० बजेसम्म र बेलुका ५ बज