काठमाडौं उपत्यकामा निषेधाज्ञा थप तर सवारी सञ्चालन भने खुला

भदौ ८, काठमाडौं । काठमाडौ उपत्यकामा  कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलवार बसेको बैठकले उपत्यकाका काठमाडौं, भक्तपुर  र ललितपुर जिल्लाहरूको अवस्थाको मूल्याङ्कन गरेर निर्णय लिइएको हो । यसअघि राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो। तर यो व्यवस्थालाई हटाएर सवारी सञ्चालन भने खुला गरिएको छ ।