काठमाडौं : उपत्यकामा सरकारी गाडी दिउँसोको समयमा चलाउन रोक लगाइएको छ। शुक्रबारदेखि लागू हुनेगरी निषेधाज्ञा थप एक साता लम्ब्याउँदै यस्ताे निर्णय गरिएको हो। सरकारी कार्यालय,सार्वजनिक संस्थान,बैंक,इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारीसाधन शुक्रबारदेखि दिउँसोको समयमा चल्न नपाउने भएका छन्। मंगलबार बसेको काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।निर्णय अनुसार ती संस्थाका सवारीसाधन बिहानको हकमा ९ : ३० बजेदेखि १० : ३० बजेसम्म र बेलुका ५ बज