यातायात व्यवसायीको हड्तालमै ८० कम्पनीका ६ सय गाडी गुड्ने :: Pahilopost.com

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलन अवज्ञा गर्दै ८० वटा कम्पनीले सार्वजनिक यातायात संचालनमा ल्याउने भएका छन्। महासंघले वैशाख २१ गते एक दिन र वैशाख २७ गतेपछि अनिश्चितकालीन बन्दको घोषणा गरेका थिए। यो आन्दोलनको अवज्ञा गर्दै कम्पनीमा दर्ता भएका ८० कम्पनीका सार्वजनिक यातायात संचालन आउनेछ। यो सवारी

सम्बन्धित सामग्री

यात्रुको चाप बढेपछि दैनिक ३ वटा गाडी थपे यातायात व्यवसायीले

काठमाडौं : पछिल्लो समय गाउँमा दशैँ मनाउन टिकट काट्ने यात्रुहरूको चाप ह्वात्तै बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार पछिल्लो ३ दिनमा १ लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।  असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र २९ गते बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्। अहिले पनि यात्रुहरूको चाप बढेपछि यातायात व्यवसायीहरूले गाडी थप्न थालेका छन्।यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्

भारतीय ओभरलोड गाडी निर्वाध चल्दा नेपाली यातायात व्यवसायी मारमा

भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातायात व्यावसायी मर्कामा परेका छन् ।  ओभरलोड बोकेर निर्वाधरुपमा भारतीय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रुपमा तौल पुलमा ओभरलोड चेकजाँच गरेका छन ।सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्नेमा पटक पटकको अनुरोध गर्दासमेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको  विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघका प्रथम  उपाध्यक्ष सुनिलराज विष्टल

आफूखुसी बढाएको भाडा लिन नपाएपछि यातायात व्यवसायी आन्दोलित

काठमाडौँ । यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने सवारीको भाडा बढाउनुपर्ने माग राख्दै सोमबार चक्रपथमा सांकेतिक रुपमा गाडी तेर्साएर आन्दोलन गरेका छन् । बिहान ७ बजेदेखि १० बजेसम्म चक्रपथको सुकेधारा, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा लाइन गाएर गाडी थन्क्याई व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । रिंगरोडमा तेर्साएर राखिएका गाडी अहिले व्यवसायीले लगिसकेको ट्राफिक प्रहरीले जनाएको छ […]

सरकारभन्दा शक्तिशाली यातायात व्यवसायी

सरकारभन्दा शक्तिशाली भएका छन् यातायात व्यवसायी । दशैँको अग्रिम टिकट खुल्ने निश्चित छैन । दशैँ मान्न घर जाने जनताले दुःख पाउने भए । दशैँलाई लक्षित गरेर खोल्ने भनेको अग्रिम टिकट नखुल्ने स्थिति आएको छ । जसले दशैँको अग्रिम टिकट खोल्ने भनेर यातायात व्यवस्था विभागसँग सहमति जनायो त्यस महासंघसँग साना–ठूला गाडी छैनन् । असोज १० गतेदेखि […]

सडकमा गाडी तेर्स्याएर विरोधमा उत्रिए यातायात व्यवसायी, तस्बिरमा हेर्नुहोस्

७ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले बिहीबार प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरूले सार्वजनिक यातायात तथा ट्याक्सीहरू सडकमा लामबद्ध गरेर राखेका थिए । महासङ्घले कोभिड खोप उपलब्ध गराउने, यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा आफूहरूको माग समावेश गर्न, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्ने, यातायातको बीमा छुट गर्ने, सडक कानुन लागू गर्ने लगायत माग अघि सारेका छन् । यता, भाडा वृद्धिको माग राख्दै ट्याक्सी व्यवसायीहरू आन्दोल

निषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर बेरोजगार, झण्डै ४० लाख परिवार समस्यामा

काठमाण्डाै - निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी गुमेको छ । निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर बेरोजगार भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले यातायात व्यवसायमा आश्रित झण्डै ४० लाख परिवार समस्यामा परेका छन् । १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र पूर्ण रुपले प्रभावित भएको छ । झण्डै चार लाख गाडी थन्किँदा अर्बौँको नोक्सानी भएको व्यवसायीले बताएका छन् । महासचिव स...

गाडी भाडा बढाउन नदिए यातायात ठप्प पार्ने व्यावसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाड बढाउन नदिए गाडी नचलाउने चेतावनी दिएको छ । महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्नको माग गर्दै बिहीबार ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई बुझाइएको ज्ञापन पत्रमा महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिएको छ । यस्तै, महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ । महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।