७ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले बिहीबार प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरूले सार्वजनिक यातायात तथा ट्याक्सीहरू सडकमा लामबद्ध गरेर राखेका थिए । महासङ्घले कोभिड खोप उपलब्ध गराउने, यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा आफूहरूको माग समावेश गर्न, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्ने, यातायातको बीमा छुट गर्ने, सडक कानुन लागू गर्ने लगायत माग अघि सारेका छन् । यता, भाडा वृद्धिको माग राख्दै ट्याक्सी व्यवसायीहरू आन्दोल