काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारबाट बाहिरिएपछि देश चरम आर्थिक संकटमा फसेको बताएका छन्। पार्टीको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले पूँजी पलायन हुँदा पनि सरकार गम्भीर नभएको बताए। ‘हामी सरकारमा हुँदा पैसा पुग्छ। पुल, सडक, झोलुङ्गे पुल बनाउन पैसा पुग्छ। यत्रो धेरै पुनर्निर्माणको काम भए, पैसा पुग्छ।' ओलीले भने, 'हामीले सरकार छोड्यौँ जादु गरेजस्तो पैसै छैन। बैंकमा पनि पैसा छैन, उद्योगी व्यवसायीसँग पनि