अनलाइन खेलमा फसेका हाम्रा भविष्यका कर्णधारहरु

नाम नभन्ने सर्तमा पोल खुल्दै गयो। मेरो साथीको छोराले पैसा नदिएपछि उसको ममीको ब्यागबाट खेलकै लागि १० हजार रुपैयाँ पैसा चोरेको रहेछ। छिमेकी भातिजले अनलाइन खेलमा ३० हजार खर्च गरिसकेछ। पोल खुलेको नामको अभिभावकलाई मैले फोन गरेर जानकारी गराएँ।

सम्बन्धित सामग्री

म्यान्मामा बन्धक बनाइएका अनुवादक ८ लाख तिरेर नेपाल फर्किए

काठमाडौँ : चिनियाँ कम्पनीमा अंग्रेजी अनुवादकको काम गर्न विदेश पुगेका एक व्यक्तिलाई कम्पनीले बन्धक बनाएपछि महँगो शुल्क तिरेर स्वदेश फर्कन बाध्य भएका छन्।थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा मासिक १ लाख ३० हजार कमाइ हुने प्रलोभनमा १ लाख ५० हजार रुपैयाँ एजेन्टलाई बुझाएका उनी अन्ततः फसेका हुन्।थाइल्याण्डमा अंग्रेजी अनुवादकको काम भनेर म्यान्माको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याएर बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङका लगाएपछि ती व्यक्ति ८ लाख रुपैयाँ कम्पनील

उत्तर प्रदेशको लखनऊमा आगलागी, ४ जनाको मृत्यु

काठमाडौँ- भारतको उत्तर प्रदेशमा आगलागी भएको छ । उत्तर प्रदेशको राजधानी लखनऊस्थित हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी भएको हो । आगलागीमा परी चार जनाको मृत्यु भएको भारतीय अखबार इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ । घटनामा अरु १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय […]

रुसी सेनाको आक्रमणबाट २१ युक्रेनी नागरिकको मृत्यु

काठमाडौं :  पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु भएको छ। अन्य २७ जना घाइते भएका छन। यस्तै बन्दरगाह शहर मारियोपोलको स्टिल कारखानामा फसेका थप एक सय भन्दा बढी नागरिकको उद्धार गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको राहत टोलीका सदस्यहरूले उनीहरुको उद्धार गरेका हुन्। यसैबीच बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयो

पब्जीले जुराएको जोडी, जसलाई पब्जीले नै सिध्यायो

काठमाडौं :  संखुवासभा घर भएका अनिश जिमी राई अनलाइन गेम 'पब्जी' लभर थिए। पब्जीको लतमा थिइन् खोटाङ घर भएकी युनिशा राई पनि।पब्जी खेल्दाखेल्दै नजिकिए उनीहरू। पब्जीको लतमा फसेका उनीहरू विस्तारै प्रेमीप्रेमिका बन्न पुगे। त्यसपछि सुरु भयो 'लिभिङ टुगेदर'।  एउटै कोठामा बस्न थालेको २२ दिनमा उनीहरू काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकै बन्द कोठामा मृत भेटिए।बिहीबार राति १२ बजे उनीहरु मृत अवस्थामा फेला परेका हुन्।बेलुकी युवकले आमासँग खाना नखाने,मासु चि

अनलाइन गेममा किशोरले खर्च गरिदिए आमाको १६ लाख रूपैयाँ

पछिल्लो समय अनलाइन गेम खेल्ने बालबालिका तथा किशोरकिशोरीको संख्या बढ्दै गएको छ। लामो समय पब्जी र फ्रिफायर जस्ता खेल खेल्नेहरुमा नकारात्मक प्रभाव पर्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन्। यस्ता गेमको लतमा फसेका...

द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली फर्काउँदै सरकार

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनेका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले उक्त समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतवारदेखि नै काम थालेको छ । ‘समितिको उद्देश्य के छ भने कदाचित् हामीले कसैलाई हामी आफैंले उद्धार गरेर ल्याउनुपर्‍यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरूलाई राखेर यो संयन्त्र बनेको हो,’ उनले भने । अफगानिस्तानमा औपचारिक क्षेत्रमा करीब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए । नेपालीहरू अफगानिस्तानको सदरमुकाममा काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनको भनाइ छ । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आबद्ध रहेका नेपालीहरू स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए । सरकार दूतावास तथा अफगानिस्तानमा रहेका नियोगहरूसँग सम्पर्कमा रहेको पनि उनले जानकारी दिए । मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन सूचना जारी गर्ने, जहाँबाट भए पनि आफ्नो अवस्थाबारे जानकारी गराउन अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक/एक ओटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चालन गर्ने सचिव पौड्यालको भनाइ छ । तालिवानले अफगानिस्तानका सबैजसो मुख्य शहर कब्जामा लिएको छ । आइतवारसम्म तालिवानीहरू राजधानी काबुल पनि प्रवेश गरेको समाचार संस्था एशोसिएट प्रेस (एपी) ले जनाएको छ । उनीहरूले यसअघि नै अरू मुख्य शहर कब्जामा लिइसकेका थिए । त्यहाँको स्थिति तनावग्रस्त भएपछि विभिन्न मुलुकहरूले आफ्ना नागरिकको उद्धार तीव्र पारेका छन् । अमेरिका, बेलायत, जर्मनी भारतलगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फर्काइरहेका बेला नेपाललाई समेत आफ्ना नागरिक उद्धार गर्न दबाब परेको हो । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आइतवारको बैठकमा कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले उद्धारका लागि छिटो प्रभावकारी कदम चाल्न अनुरोध गरे । उनले नेपालीहरूको ज्यान जोगाउन विद्रोही तालिवानी सरकारसँग वार्ता अघि बढाउन सुझाव दिए । उनले भने, ‘त्यहाँ पुगेका नागरिकको सुरक्षाका लागि हामीले उद्धारसँगै तालिवानीहरूसँग पनि वार्ता अघि बढाउने हो कि ?’ एमाले सांसद भीम रावलले नेपालीहरूलाई छिटोभन्दा छिटो अफगानिस्तान छाड्न आह्वान गर्न सुझाव दिए । ‘नेपालीलाई छिटो अफगानिस्तान छोड्न भनौं । अरू देशले आ≈वान गरिसके, रावलले थप भने, ‘हामी आफैले पनि उद्धारका लागि पहल थालौं । अरू देशको भरमा नपरौं । आफ्ना नागरिक ल्याऔं ।’ यसैबीच, समितिले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले सकेसम्म नेपाल आपैmले जहाज पठाएर ल्याउन त्यति नभए सुरक्षित अरू देशमा भने पनि स्थानान्तरण गर्न निर्देशन दिइन् । सभापति खरेलले भनिन्, ‘नेपालमै ल्याएर हुन्छ वा नजिकैका अरू पाकिस्तानजस्ता देशसम्म ल्याएर हुन्छ जसरी पनि नेपालीलाई सुरक्षित बनाउने कामलाई तीव्रता दिनू ।’ यसैबीच सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सरकारको सम्पर्कमा आउनु सूचना जारी गरेको छ । त्यहाँ फसेका नेपालीको विवरण संकलन गर्न अनलाइन रजिस्टे«शन पनि खुला गरेको छ ।