मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उक्त वस्तुको रिपोर्ट ‘नेगेटिभ’ आएको हो। रिपोर्ट आएसँगै उक्त वस्तु युरेनियम नभई अन्य वस्तु भएको र पक्राउ परेकाहरुले युरेनियम भनेर नक्कली वस्तु बिक्री गर्न खोजिएको पुष्टि भएको छ।...
मोरङ – विराटनगरको दुई स्थानबाट बरामद भएकोे युरेनियम पदार्थ सक्कली नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले साउन १ र ३ गते विराटनगरको ट्राफिक चोक र विराटनगर–३ दूधफारम क्षेत्रबाट बरामद गरिएको करिब २ किलो अवैध वस्तु युरेनियम नभएको जनाएको हो। युरेनियम बिक्री भइरहेको खबरअनुसार प्रहरीले ट्राफिक चौकबाट १ किलो ८७ दशमलव ३ ग्राम र […]
भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक...
काठमाडौं, ४ चैत्र । ‘युरेनियम काण्ड’ मा पक्राउ परेका नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका छन् । उनीहरुसँग बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएपछि हाजिरी जमानीमा छुटेका हुन् । प्रयोगशालाहरुमा परीक्षण गर्दा उनीहरुबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको जनाइएको छ । उनीहरु फागुनमा बौद्धस्थित होटल हायातबाट पक्राउ परेका थिए । […]
गत फागुन पहिलो साता राजधानीको बौद्धबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको छ। दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा सो धातु युरेनियम भएको पुष्टि नभएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार युरेनियम पुष्टि हुन नसकेपछि घटनामा मुछिएका सबै अभियुक्त शुक्रबार हाजिरी जमानीमा छुटेका छन् । युरेनियम कारोबार भएको आशंकासहित प्रहरीले ८ जना कारोबारीलाई पक्राउ गरेको थियो । उनीहरुले भारतबाट युरेनियम जस्
काठमाडौँ । नेपालमा १ वर्षको अवधिमा दोस्रोपटक ‘युरेनियम’ बरामद गरिएको छ । फागुन २ मा बौद्धस्थित ह्यात रिजेन्सी होटलको पार्किङबाट प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २ केजी ८ सय ग्राम युरेनियम बरामद गरेका हुन् । सो युरेनियम कारोबारी बारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । यसअघि २०७७ फागुनमा काठमाडौँ महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले साढे २ किलो युरेनियम बरामद गरेको थियो । बरामद गरिएको बस्त
दुई किलो आठ सय ग्राम युरेनियम मानिएको पदार्थ बिक्री गर्न लागेको अवस्थामा राजधानीबाट आठ जना पक्राउ परेका छन् ।
एक हप्ताको प्रहरी परिचालनपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।
काठमाडौँको होटल हायात रिजेन्सी बाहिर पार्किङ क्षेत्रमा राखिएको बा ५ च ८२०९ नम्बरको कारभित्र मङ्गलबार युरेनियम बरामद भएको हो ।
पक्राउ पर्नेमा युरेनियम बिक्रीका लागि काठमाडौँ आइपुगेका भारत विहारका उपेन्द्रकुमार मिश्र र मोतीहारीका ...
काठमाडौंको बौद्धबाट प्रहरीले ‘युरेनियम’ कारोबार गरेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।आरोपीहरुको साथबाट युरेनियम जस्तो देखिन ३ किलो धातु बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले रातोपाटीलाई बताए । उनले भने, ‘सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि भएको छैन्, प्रयोगशालामा परीक्षण गर्न पठाउँछौं ।’थप मानिस पक्राउ गर्न बाँकी रहेको भन्दै प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । २०७७ फागुनमा पनि प्रहरील
एजेन्सी । अमेरिका र युरोपियन युनियनले इरानले युरेनियम धातु उत्पादन गर्ने निर्णयको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए)ले इरानले आफ्नो युरेनियम कार्यक्रमलाई २० प्रतिशत वृद्धि गर्ने योजना अघि सारेको दावी गरेको छ । इरानले युएन आईएईएलाई २० प्रतिशत शुद्ध युरेनियम धातुको उत्पादन गर्ने कदम चालेको सूचना दिएलगत्तै शक्तिशाली राष्ट्रहरुले त्यसको विरोध गरेका […]
'प्रहरीले बरामद गरेको पदार्थको विश्लेषण गर्दा यसमा युरेनियम २३८ को मात्रा भेटिएको रिपोर्ट आएको छ। यो भनेको अप्रशोधित युरेनियम हो,' नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले सेतोपाटीसँग भने।