युरेनियम बेच्न खोजेपछि...

दुई किलो आठ सय ग्राम युरेनियम मानिएको पदार्थ बिक्री गर्न लागेको अवस्थामा  राजधानीबाट  आठ  जना  पक्राउ परेका  छन् ।  एक  हप्ताको  प्रहरी  परिचालनपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । काठमाडौँको  होटल  हायात  रिजेन्सी  बाहिर पार्किङ क्षेत्रमा राखिएको बा ५ च ८२०९ नम्बरको कारभित्र मङ्गलबार युरेनियम बरामद भएको हो । पक्राउ पर्नेमा युरेनियम बिक्रीका लागि काठमाडौँ आइपुगेका  भारत  विहारका  उपेन्द्रकुमार  मिश्र  र मोतीहारीका ...

सम्बन्धित सामग्री

बेच्न लागिएको पदार्थ युरेनियम नभएको पुष्टि

रेडियोधर्मी पदार्थ ‘युरेनियम’ भन्दै ९८ करोड रूपैयाँमा बिक्री गर्न लागिएको पदार्थ युरेनियम नभएको पुष्टि भएको छ।...

युक्रेन माथिको आक्रमणबाट रूसले के पाउँछ ?

नेटो आकांक्षी युक्रेनमाथिको रूसी आक्रमणबाट विश्व त्रस्त छ । युक्रेनको रूससँग राजनीतिक र भौगोलिक रूपमा जटिल साझा इतिहास छ । पूर्वसोभियत गणतन्त्रहरू र वार्सा प्याक्ट ब्लक सदस्यहरू समावेश भएको नेटोको पाँच चरणको पूर्वतर्फको विस्तारले रूसलाई झन्झन् चिन्तित र असुरक्षित बनायो । यही कारणले रूसले विशेष सैन्य कारबाही सञ्चालन गरिरहेको छ, जसलाई पश्चिमाहरूले राष्ट्रपति पुटिनद्वारा गरिएको आक्रमण भनिरहेका छन् । नेटो उसको ढोकामा पुग्नुअघि नै रूस नेटोलाई रोक्न चाहन्छ । रूसले युक्रेनलाई नाजीकरणबाट रोक्ने घोषित लक्ष्यभन्दा बाहिर गएर युक्रेनमाथि पूर्णरूपको आक्रमण गरेको खण्डमा र सफल भएको स्थितिमा उसले निर्धारित लक्ष्यभन्दा धेरै फाइदा उठाउनेछ । रूसी आक्रमणको प्रमुख कारणमध्ये भित्री कारण यी पनि हुन सक्छन् । अमेरिका पनि सिरिया, लिबिया र इराक आक्रमण गर्न यस्तै कारणले उद्यत थियो । यहाँ हामी युक्रेन माथिको सफल रूसी आक्रमणको फलको चर्चा गर्नेछौं । यसमा रूसले प्राप्त गर्ने सामरिक र रणनैतिक फाइदाका बारेमा भने चर्चा गरिएको छैन । रक्षा औद्योगिक सम्पत्ति युक्रेनले सोभियत सैन्य–औद्योगिक कम्प्लेक्सको ठूलो मात्र विरासतमा प्राप्त गर्‍यो । साथै, यसलाई चलाउन तथा नयाँ हतियार निर्माणका लागि पर्याप्त पेशेवरहरू पनि । युक्रेन १२ औं सबैभन्दा ठूलो हतियार निर्यातक थियो । युक्रेनले ट्यांक र रोबोटिक वाहनहरू, ट्यांक प्रतिरोधी र वायु रक्षा प्रणालीहरू, गोलाबारी र विस्फोटकहरू र अन्तरिक्षयानका इन्जिनहरू पनि निर्माण गर्छ । युक्रेनले बढो चासोको साथ सोभियत वा रूस–निर्मित हतियारहरूको स्तरोन्नति पनि गर्‍यो । रूसले २०१४ अघि युक्रेनबाट पाइलटको हेल्मेट, हेलिकोप्टर/लडाकू विमानका लागि इन्जिनजस्ता उच्च प्रविधिका सामान आयात गथ्र्यो । पश्चिमी देशहरूको सहयोगमा रूस समर्थक राष्ट्रपतिलाई हटाइएपछि र क्रिमियालाई कब्जा गरेपछि, युक्रेनले रूसलाई सैन्य उपकरणहरूको आपूर्ति बन्द गर्‍यो । रूसलाई अझै पनि ती रक्षा निर्माणका आधारहरू आवश्यक छ । पाकिस्तान युक्रेनी हतियारजस्तै युद्धक ट्यांकको प्रमुख आयातकर्ता थियो किनभने भारतको सदाबहार सहयोगी रहेको रूसले आफ्ना आधुनिक हतियार पाकिस्तानलाई बेच्न जहिल्यै अस्वीकार गर्‍यो । त्यहीँबाट हो, पाकिस्तानमा युक्रेन भित्रिएको । रूस र युक्रेनले एउटै सैन्य प्रविधि साझा गरेकाले युक्रेनले पाकिस्तानलाई ठूलो संख्यामा ट्यांक आपूर्ति गरेको थियो । यसले चीनलाई पनि केही उच्च प्रविधियुक्त हतियार बेचेको छ । चीनको पहिलो एयरक्राफ्ट क्यारियर लायोनिङको फ्रेम युक्रेनले नै बेचेको थियो । एन्तोनोभ एन्तोनोभ संसारमा सबैभन्दा राम्रो विमान डिजाइनर, अग्रणी निर्माता र पार्टपुर्जाको आपूर्तिकर्ताहरूमध्ये एक थियो । युक्रेनलाई एन्तोनोभ सोभियत संघबाट प्राप्त एक बहुमूल्य विरासत थियो । विश्वको सबैभन्दा भारी कार्गो वाहन एन्तोनोभ मृया २२५, जुन केही दिनअघि रूसी हमलामा नष्ट भयो, एन्तोनोभ कम्पनीको उड्डयन शक्ति र क्षमताको प्रतीक थियो । सोभियत संघको पतनपछि, रसियाले नराम्रोसँग गुमाएको मध्ये एन्तोनोभ कम्पनी र यसको विशाल निर्माण क्षमता र आधार पनि हो । कृषि भूमिको विशाल क्षेत्र युक्रेन लामो समयदेखि सोभियत संघको अन्न भण्डार रहेको थियो, यसको उर्वर चेर्नोजेम भूमि र बलियो कृषि उद्योगका कारण । युक्रेन युद्धअघि सम्पूर्ण विश्वमा गहुँको चौथो सबैभन्दा ठूलो उत्पादक थियो र सम्पूर्ण यूरोपको अन्न भण्डार हुन सक्ने सम्भावना छ । बलियो कृषि उद्योगले अनाज, पशु र वनस्पति तेल अनि बीउ तेलका रूपमा देशको निर्यातको ठूलो अंश ओगटेको छ । यी उत्पादनले २०२० मा युक्रेनको निर्यातको लगभग ३५ प्रतिशत ओगटेको छ, समष्टिमा १७ अर्ब अमेरिकी डलर । यो रूसले बेच्ने हतियारको झन्डै बराबरी हो । क्रिमिया कब्जा गरेपछि र पश्चिमी देशहरूले प्रतिबन्ध लगाएपछि मात्र रूसले कृषिक्षेत्रमा ध्यान केन्द्रित गर्‍यो र खाद्य सुरक्षा प्राप्त गर्‍यो । यसअघि युक्रेनबाट ठूलो मात्रामा खाद्यान्न आयात गर्ने गथ्र्यो । युक्रेनको भूमिको साथ रूसले फेरि कहिल्यै आफ्नो खाद्य सुरक्षाको चिन्ता लिनु पर्दैन । ग्यास र पेट्रोलियम यूरोप रूसी ग्यास र तेलमा धेरै निर्भर छ । रूसले यूरोपमा ग्यास र तेलको निर्यातमा राम्रो नियन्त्रणको फाइदा लिनेछ किनभने रूसको विशाल ग्यास पाइप लाइनको जालो युक्रेन हुँदै जान्छ । नतिजा स्वरूप रूसले युक्रेनलाई ट्रान्जिट शुल्कका रूपमा प्रत्येक वर्ष अर्बाैं डलर तिर्छ । रूसले ट्रान्जिट शुल्क तिर्नुपर्ने छैन । थप, युक्रेनसँग आफ्नै प्रमाणित तेल र ग्यासको विशाल भण्डार छ, जुन अहिलेसम्म खासै प्रयोग भएको छैन । यसको पनि पर्याप्त लाभ रूसलाई हुनेछ । कच्चा माल, रसायन र प्राकृतिक संसाधन युक्रेन सबै किसिमको संसाधनमा पहुँच भएको देश हो । फलाम र इस्पात युक्रेनको उद्योग र निर्यातका दुई आधार स्तम्भ हुन् । युरेनियम पनि पर्याप्त मात्रामा रहेको छ । २०२० मा कच्चा फलाम र स्टीलको निर्यात र तिनीहरूको परिष्कृत उत्पादनहरूको मूल्य १३ अरब डलर नाग्यो, जसले युक्रेनको निर्यातको एक चौथाइभन्दा बढी ओगट्छ । रूसलाई उड्डयन उद्योगसँगै रक्षाका लागि आवश्यक पर्ने उच्च गुणस्तरको तर सस्तो कच्चा पदार्थमा निर्बाध पहुँच हुनेछ । युक्रेन संसाधनमा धनी भएकाले प्राविधिक ज्ञान र उत्पादन क्षमताहरूसहित अन्तरिक्ष, रक्षा प्रविधि, कृषि, उत्पादन, दक्ष मानव संसाधनमा विश्वमै अग्रणी बन्न सक्ने पर्याप्त सम्भावनाहरू छन् । युक्रेन विजयसँगै रूसले सोभियत संघको पतनपछि फेरि महान् बन्ने आशा राख्न सक्छ । सोभियत संघको पतनलाई शताब्दीको विनाशका रूपमा वर्णन गर्ने राष्ट्रपति पुटिनलाई यी सबै राम्ररी थाहा छ । त्यसैले उनी सधैं युक्रेन रूसको प्रभाव वा नियन्त्रणमा रहोस् भन्ने चाहन्छन् । लेखक वैदेशिक मामिलाका अध्येता हुन् ।

एक अर्बमा बेच्न ‘डिल’ भएको युरेनियम  पाँच महिनाअघि नै काठमाडौं ल्याइएको थियो

तारागाउँस्थित होटेल हायातको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको युरेनियमजस्तो देखिने धातु पाँच महिनाअघि नै काठमाडौं ल्याइएको खुलेको छ । कारोबारमा संलग्न कांग्रेस ललितपुरका नेता नवराज महतसहित आठजनालाई प्रहरीले २ फागुनमा पक्राउ...

‘युरेनियम’ बेच्न ३५ करोडको डिल, ८ जना पक्राउ

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित हायात रिजेन्सी होटेलको पार्किङ क्षेत्रबाट दुई किलो ८०० ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘युरेनियम’ बेच्न ३५ करोडको डिल, काँग्रेस नेतासहित ८ कारोबारी पक्राउ

युरेनियम जस्तो देखिने पदार्थसहित ८ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भारतबाट युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काँग्रेस ललितपुरका नेता नवराज महतसमेत रहेका छन् । उनी ललितपुर क्षेत्र नम्बर ३(१) बाट प्रदेशसभाका उम्मेदवार थिए । बौद्ध इलाकामा केही व्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्न लागेको सूचना पाएपछि

बौद्धबाट बरामद गरिएको युरेनियम बेच्न खोज्ने ३ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौंको बौद्धबाट बरामद गरिएको साढे २ केजी युरेनियम बेच्न खोज्नेलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले युरेनियम कारोबारमा संलग्नमध्ये ३ जनालाई थुनामा राख्न आदेश दिएको छ । एक जनाचाहिं धरौटीमा छुटेका छन् ।रामेछाप घर भएकी जानुका तामाङको बौद्धस्थित घरमा सो युरेनियम करिब २५ वर्षदेखि लुकाएर राखिएको थियो । भारतको खानीमा काम गर्दा जानुकाका ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।अदालतले जानुका तामाङ, रामेछाप लिखु तामाकोशी–५ का नारायणस

यसरी बरामद भयो बहुमूल्य ‘युरेनियम’

दुई साताअघि नेपाल प्रहरीलाई कतैबाट सूचना आयो– ‘बौद्ध क्षेत्रमा बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) बेच्न ग्राहकको खोजी भइरहेको छ ।’ प्रहरीलाई सुरुमा पत्यार लागेन । नेपालमा युरेनियमको खरिदबिक्री सम्भवतः अहिलेसम्म खुला गरिएको छैन । युरेनियमको खपत हुने अस्पताललगायत क्षेत्रले पनि विदेशबाट आयात गर्दा निश्चित सर्त र बन्देज पालना गर्नुपर्छ ।