नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौं दिन बिहीवार पनि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न शुरू भएको छ ।
महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा २५ समूह बनाएर छलफल भएको थियो ।
बुधवारबाट समूहको निष्कर्ष प्रस्तुत गर्न थालिएको थियो । बुधवार जम्मा ११ वटा समूहले मात्रै निष्कर्ष सुनाउन भ्याएका थिए । बिहीवार बाँकी १४ वटा समूहको निष्कर्ष प्रस्तुत हुँदैछ ।
बुधवार समूहका निष्कर्ष प्रस्तुत गर्नेहरूले प्रचण्ड...