एमालेको विधान महाधिवेशनको तेस्रो दिन : पाँच वटा समूहको सुझावपछि ओलीले जवाफ दिने

नेकपा एमालेको विधान महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष केपी शर्मा ओली लगायत तीन नेताले प्रतिनिधिले उठाएको प्रश्नमा जवाफ दिँदैछन् ।  महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नको तीनै जना नेताहरुले जवाफ दिने कार्यक्रम रहेको विधान महाधिवेशन व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले बताए । विहान ८ बजेबाट तेस्रो दिनको प्लेनरी बोलाइएको छ । आज पाँच वटा समूह छलफलको निष्कर्ष प्रस्तुत गर्ने ...