नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी छ । गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहका नेताले आज पनि निश्कर्ष सुनाउँदै छन् ।२५ वटा समूह बनाएर गरिएको प्रतिवेदनमाथिको छलफलमा ११ वटा समूहले बुधबार सुझावसहितको निष्कर्ष सुनाएका थिए । बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास