नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो । सहमतिको प्रयास स्वरूप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अन